गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
पोखरा, २८ साउन । गण्डकी प्रदेश प्रमुख समक्ष मुख्य न्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । प्रतिवेदन ग्रहण गर्नुहुँदै प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता मुख्यमन्त्रीका कानुनी सल्लाहकार रहेकाले प्रदेश सरकारको न्यायिक कामकारबाही नै मुख्य न्यायाधिवक्ताको प्रमुख दायित्व रहने उल्लेख गर्नुभयो । ‘प्रदेश सरकारलाई कानुनी सल्लाहका साथै









