‘माधव पक्ष एमालेमा फर्किए सम्मानजनक व्यवहार गरिन्छ’
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी एमालेका ओली पक्षीय नेता सुवास नेम्वाङले माधवकुमार नेपाल समूहलाई पार्टीभित्र राम्रो व्यवहार गरिने बताएका छन्। आज संसद बैठकपछि बाहिरने क्रममा ‘माधव नेपाल–झलनाथ खनाललाई कसरी व्यवहार गर्नुहुन्छ भन्ने पत्रकारहरूको प्रश्नको जवाफ दिँदै नेम्वाङले भने, ‘उहाँहरुलाई सम्मानजनक ढंगबाट व्यवहार हुन्छ।’ उनले सर्वोच्च अदालतको आदेशलाई आफूहरूले मान्ने पनि बताएका छन्। नेता नेम्वाङले भने, हामी कानूनी राज्यको अवधारणालाई मान्छौँ। त्यसबारेमा कुनै पनि ‘इफ’ ‘बट’ छैन। सम्मानित सर्वोच्च अदालतले गरेको जुन










