संसदीय दलको नेता चयन गर्दै जसपा
काठमाडौँ, पार्टीको संसदीय दलको नेता चयनलगायत विषयबारे निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा )को संसदीय दलको बैठक सिंहदरबारमा अपराह्न शुरु भएको छ । बैठकले पार्टीको संसदीय दलको विधान पारित गर्नाका साथै संसदीय दलको नेता चयन गर्ने जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । जसपा उच्चस्रोतका अनुसार सो दलका अध्यक्ष महन्थ ठाकुरलाई संसदीय दलको नेता चयन गर्ने तयारी छ । “दलको विधान पारित भएपछि संसदीय दलको नेता चयन गर्ने पनि एजेण्डा










