स्वास्थ्य

नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा देशभर १४ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएका हुन्। ज्यान गुमाउनेमा संविधानसभाका सदस्य सप्तरीको कञ्‍चनरुप नगरपालिका(४ जगतपुर निवासी ५५ वर्षीय मानपुर चौधरीसहित १४ जना रहेका छन्। चौधरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा ज्यान गएको हो। मंगलबार देशभर जम्मा २७२५ पिसिआर परीक्षण भएको छ। तर निको

५७० संक्रमित थपिँदा ३१ सय ६८ निको भए

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ५७० सय जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार आज देशभर ३१ सय ६८ जना संक्रमित कोरोनामुक्त भएका छन्। त्यस्तै, पछिल्लो २४ घण्टामा थप १४ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या ८७६ पुगेको छ।

पोखरामा कोरोनाबाट थप ४ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका ४२, ५८ र ६८ वर्षका पुरुष र ५२ वर्षकी महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका– १ का ४२ वर्षका पुरुषको कात्तिक ७ गते साँझ ७ः४५ बजे चरक अस्पतालमा मृत्यु भएको छ । कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएका उनी उपचारका लागि कात्तिक ७ गते नै अस्पताल भर्ना

धनगढीमा कोरोनाका थप १ जना संक्रमितको मृत्यु

धनगढी । धनगढीमा कोरोना संक्रमित व्यापारीको मृत्यु भएको छ । डोटीको दिपायलमा रहेको जेभि आयल स्टोरका सञ्चालक कर्णबहादुर भण्डारीको कोरोना संक्रमणका कारण मृत्यु भएको सेती प्रादेशिक अस्पताले जानकारी दिएको छ । सेती प्रादेशिक अस्पतालमा उनको शनिबार मृत्यु भएको हो । निमोनियाका बिरामी रहेका भण्डारीको आईसियूमा उपचार हुँदै थियो । कोरोनाको रिर्पोट नेगेटिभ आएपछि उनलाई जनरल आईसियुमा सारिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

नेपालमा थप २,२२५ जनामा संक्रमण, २,८४६ कोरोनामुक्त, १३ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमित शनिबार ६२१ जना घटेका छन् । पछिल्लो २४ घन्टामा दुर्ई हजार २२५ जना नयाँ संक्रमित थपिएका छन् भने दुई हजार ८४६ जना कोरोनामुक्त भएका छन् । योसँगै लामो समयपछि सक्रिय संक्रमित घटेका हुन् । योसँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ५५ हजार २३३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, हालसम्म

उपत्यकामा थप २७ सय २० जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २३५७, ललितपुरमा २३६ र भक्तपुरमा १२७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभरमा भने ४४९९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । सक्रिय संक्रमितको संख्या काठमाडौं जिल्लामा २० हजार १९६, ललितपुरमा २५ सय ७४ र भक्तपुरमा १३ सय ६५ जना रहेको छ । होम

संक्रमित हरेक नागरिकको उपचारको यथोचित प्रबन्ध सरकारले गर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्ने बताउनुभएको छ कुनैपनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निःशर्त दायित्व भएको उहाँले स्मरण गर्नुभयो । उहाँले अहिले कोरोना महामारीबाट जनताको जीवनरक्षा गर्नुपनि सरकारको सबैभन्दा पहिलो काम र परम कर्तव्य भएको बताउनुभयो । ‘यस दायित्वलाई पूरा गर्न तपाईंको मतबाट निर्वाचित यो सरकार कुनैपनि बहानामा पछि हट्दैन’(उहाँले भन्नुभएको छ । शुक्रबार बडादशैंको उपलक्ष्यमा देशबासीका नाममा

देशभरि कहाँ कति थपिए कोरोना संक्रमित ?

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार आज देशभरि अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्र ३१०७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौँका २३९१ जना, ललितपुरका ५४३ र भक्तपुरका १७३ जना रहेका छन् । त्यस्तै मोरङका ३६५ जना, रुपन्देहीका २४१, कास्कीका १७५, सुनसरीका १६०, चितवनका १४७, झापाका १२०, सुर्खेतका

भान्सामै पाइन्छन यती धेरै ओखती

हामीले खाने परम्पारगत थाली यसरी तयार भएको छ कि, त्यसमा स्वाद र पोषण दुबै छ । अमिलो, पिरो, नुनिलो, टर्रो, तीतो सवैथरी स्वाद । स्वाद मात्र कहाँ हो र रु औषधिय गुणले पनि भरिपूर्ण छ हाम्रो भन्सा । भान्साका मरमसलाको औषधिय गुण जीरा : जीराले खाना पचाउन मद्दत गर्छ । यसले पेटमा ग्याँस बढ्ने समस्यामा ठूलो राहत दिन्छ । धनियाँ : धनियाँले खाना पचाउन सहयोग गर्छ । यसले एसिडिटी, पिसाब

कोरोना कालमा सञ्चारजगतले खेलेको भूमिका प्रशंसनीय छः पूर्वप्रधानमन्त्री भट्टराई

पर्सा , पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता डा बाबुराम भट्टराईले कोरोना महामारीको कठिन घडीमा सूचना प्रवाह गरी सम्बन्धित निकायलाई जिम्मेवार बनाउन नेपाली सञ्चारजगतले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । उहाँले महामारीको कठिन दौरमा सरकारलाई जिम्मेवार बनाउन सूचना सम्प्रेसन गरी सञ्चारमाध्यमले यर्थाततालाई जनतासमक्ष पुर्याउँदै सरकारलाई जनहितमा कार्य गर्न बाध्य बनाएको जिकिर गर्नुभयो । पिसिमिया नेटर्वक प्रालिद्वारा वीरगञ्जमा सञ्चालित रहेको रेडियो सान्भी ९६।४ मेघाहर्ज र साझा डेली डडकमको