समाचार

नेपालले किनेको १० लाख खोप भित्रियो

काठमाडौँ । भारतको सेरम इन्ष्टिच्युटबाट कोभिड १९ विरुद्घको १० लाख डोज खोप नेपाल सरकारले खरिद गरेको छ। भारतद्वारा अनुदानमा आएको खोप अपर्याप्त भएपछि नेपाल सरकारले थप १० लाख डोज खोप किनेको हो। सरकारले यसपटक ज्येष्ठ नागरिकलाई खोप वितरण गर्ने घोषणा गरेको छ। फाल्गुण २३ गतेबाट ज्येष्ठ नागरिकले खोप पाउने भएका हुन्। आइतबार दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप त्रिभुवन विमानस्थल आइपुगिसकेको छ।

८०० ले बढ्यो सुन, आज प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार

काठमाडौँ । आइतबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ। फागुनको पहिलो साता लगातार घटिरिरहेको सुनको आज भने बढेको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, तेजाबी सुन ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन छापावाल सुन प्रतितोला ८८ हजार २ सय र तेजाबी सुन प्रतितोला ८७ हजार ७ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

नालायक गृहमन्त्री बादलले तत्काल राजीनामा दिनुपर्छ -अष्टलक्ष्मि शाक्य

काठमाडौँ । सबै किसिमका प्रतिगमनका विरुद्घ प्रचण्ड-माधव पक्षकाे अखिल नेपाल महिला संघ अनेमसंघ) केन्द्रीय कमिटीले आज विराेध र्याली एवं कोणसभाको आयोजना गरेकाे छ। वसन्तपुरमा आयोजित काेणसभालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य अष्टलक्ष्मि शाक्यले भनिन्, ‘ प्रतिगमनकाे विरुद्घमा हामी सडकमा छाैँ। केपी ओलीले आज निरंकुश बनेर लाेकतन्त्रमाथि धावा बाेलेकाे छ। तर, जित लोकतन्त्रकै हुन्छ। अबकाे केहीदिनभित्रै अदालतबाट संसद पुनःस्थापना हुनेछ।’ नेत्री शाक्यले बलात्कारको प्रसंगलाई सम्बोधन गर्दै भनिन्, ‘वर्तमान गृहमन्त्री बादल त्यहाँ

बराबर अनुपातमा प्रचण्ड–माधवले गरे एकता (९ बुँदे मापदण्डसहित)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ। समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरूमा हस्ताक्षर गरेका छन्। उक्त मापदण्डअनुसार नेकपाको कमिटीहरूमा अब दुवै पक्षको ५०(५० प्रतिशत हुने भएको छ। समूहका अनुसार मापदण्डबमोजिम प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम्‌ पार्टी कमिटीहरू तथा जनसंगठनका पदाधिकारीहरुमा जुन

जनादेशको बाटोबाट मात्रै सत्तामा जाने कुरामा हामी विश्वास गर्छौँ -डा. महत

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस जनता र लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएका कारण नयाँ जनादेशबाट सत्तामा जाने बाटो कांग्रेसले खोज्नुपर्ने पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले बताएका छन्। जनतामा जाने कुरालाई नकार्न नमिल्ने बताउँदै निर्वाचनलाई कांग्रेसले समर्थन गर्नुपर्ने उनको भनाइ छ। डा महतले भने, ‘ढिलो या चाँडो नयाँ जनादेशको बाटोबाट मात्रै सत्तामा जाने कुरामा नेपाली कांग्रेस विश्वास गर्छ। जनताबाटै अनुमोदित भएर कुनै क्षणिक रूपमा कोहीसँग जोडिएर तत्कालीन पार्टीगत लाभ

डा. बाबुराम भट्टराई दिल्ली जाँदै

काठमाडौँ । जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई उपचारको सिलसिलामा नयाँ दिल्ली जाने भएका छन्। नेपाल वायुसेवाको विमानबाट उनी नयाँदिल्ली जान लागेका हुन्। डा भट्टराई स्वास्थ्य उपचारका लागि नयाँदिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ। उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन्। उनले लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए। अहिले चिकित्सकहरुले न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेकाले

चेतावनी दिने जंगे शैली लोकतान्त्रिक हुन सक्दैन – विश्वप्रकाश

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको विराटनगरको मन्तव्य पदीय गरिमा विपरीत भएको टिप्पणी गरेका छन्। हिजो आफ्नो सामाजिक संञ्जाल ट्वीटरमार्फत प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीले अदालतमा दबाब परोस् भन्दै चर्को दबाबको अभिव्यक्ति विराटनगरको सभामा राखेको आरोप लगाएका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ुन्यायालयको फैसला स्वीकार्छौँ कहिल्यै नभन्ने र चेतावनी प्रसारण गर्ने जंगे शैली लोकतान्त्रिक हुन सक्दैन।ु हिजो नेकपा ओली पक्षद्वारा विराटनगरमा आयोजित सभामा

१० लाख डोज खोप आज नेपाल आउँदै

काठमाडौं। कोरोना भाइरस कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’को १० लाख डोज खोप आज काठमाडौं आइपुग्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा= समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट साढे १ बजेको एयर इण्डिया विमानमार्फत १० लाख डोज खोप काठमाडौं आइपुग्ने जानकारी दिए। उनका अनुसार यही फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आउने भएको हो। यसअघि गत माघ

नेपाल शिक्षक संघ धनगढीको तेस्रो नगर प्रतिनिधिसभा सम्पन्न

धनगढी । नेपाल शिक्षक संघ धनगढी उप(महानगरपालिका कार्य समितिको तेस्रो नगर प्रतिनिधिसभा एक समारोहका बिच धनगढीमा सम्पन्न भएको छ। समारोहमा निजीश्रोत शिक्षक पूर्ण ब. थापाले निजी श्रोत शिक्षकहरू सबै सामुदायिक विद्यालयहरूमा कार्यरत छन्। तर अत्यन्त न्यून पारिश्रमिकमा शिक्षण गरिरहेका छन् उहीँ तहमा अध्ययन गर्दा पनि पारिश्रमिकमा विभेद रहेकोले पारिश्रमिकमा विभेदमा गरिनु हुदैन् भने। धनगढी उप(महा नगरपालिकाले ल्याउन लागेको नगर शिक्षक कार्यक्रम शिघ्र कार्यान्वयनको लागि सशक्त पहल गरिदिन नेपाल शिक्षक संघका