समाचार

भागरथीका दोषीलाई पुर्याइयो बाल सुधारगृह

काठमाडौँ, बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहरिएका दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधारगृहमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार उनलाई बिहीबार बालसुधार गृहमा ल्याइएको हो। जिल्ला अदालत बैतडीले १६ वर्ष उमेर भएका कारण दिनेशलाई पुर्पक्षका लागि सुधारगृहमा राख्न आदेश दिएसँगै उनलाई डोटीको सिलगढीस्थित सुधारगृहमा राखिएको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने

सुदूरपश्चिममा शाइन रेसुंगा बैंकको पहिलो शाखा महेन्द्रनगरमा खुल्यो

बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले सुदूरपश्चिम प्रदेशमा शाखा विस्तार गरेको छ । बैंकले आफ्नो ७६औँ शाखाको रूपमा कञ्चनपुरको भीमदत्त नगरपालिकाअन्तर्गत महेन्द्रनगरमा नयाँ कार्यालय सञ्चालनमा ल्याएको हो, यद्यपि सुदूरपश्चिममा भने यो नै बैंकको पहिलो शाखा हो । शाइन रेसुंगा राष्ट्रियस्तरमा स्तरोन्नति भइसकेको विकास बैंक हो । यो नै काठमाडौं उपत्यकाबाहिर प्रधान कार्यालय हुने एक मात्र राष्ट्रियस्तरको विकास बैंक हो । नवस्थापित शाखा कार्यालयको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट

लालझाडीमा ५ करोडको लागतमा बगैँचा निर्माण हुने

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ सुख्खडघाटमा पाँच करोडको लागतमा आकर्षक उद्यान निर्माण सुरु गरिएको छ । यसका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार समेत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र गाउँपालिकाको संयुक्त साझेदारीमा उद्यान बन्न लागेको हो । यसका लागि मन्त्रालयले तीन करोड ३० लाख र गाउँपालिकाले एक करोड ५० लाखको लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार कार्यक्रमअन्तर्गत उद्यान निर्माण अगाडि बढेको हो । उद्यान निर्माण हुने

पश्चिम बंगाल भारतः मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण

काठमाडौँ, हिजो बुधबार अज्ञात समूहद्वारा पश्चिम बंगाल भारतकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण भएको छ। पश्चिम बंगालको पूर्वी मोदिनीपुर जिल्लाका अधिकारी र प्रहरी अधिक्षकले नन्दीग्रामको बिरुलिया बजारको भ्रमणका क्रममा केही अज्ञात मानिसले उनलाई धक्का दिएका हुन्। यसैबीच ममता बनर्जीको पार्टी तृणमूल कांग्रेसले आफ्नो नेतामाथि भएको आक्रमणको विरोधमा आफ्नो घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरेको छ। तृणमूल कांग्रेसले घटनामा विपक्षीको हात रहेको बताउँदै आइरहँदा भारतीय प्रहरीले अनुसन्धान सुरु गरेको छ। भारतीय जनता

१ लाख पचास हजार घुष नगदसहित कर अधिकृत पक्राउ

धनुषा, घुस रकमसहित आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत पक्राउ परेका छन्। बुधबार साँझ अन्नपूर्ण होटेलमा बसेर एक लाख ५० हजार घुस रकम लिइरहेको अवस्थामा कर अधिकृत रमेश ढकाल र विचौलिया नवीन कर्ण पक्राउ परेका हुन्। उनीहरुलाई सेवाग्राहीबाट घुस रकम लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिवासले जनाएको छ। दुवै जनाले एकजना डिष्टिलरी उद्योगीसँग कर वापतको रकम मिलाइदिने नाममा घुस लिएको अख्तियारका अधिकारीले जानकारी दिएका छन्। उनीहरुमाथि थप

प्रधानमन्त्रीले जसपा नेताहरूलाई बालुवाटार बोलाए

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका नेताहरूलाई बालुबाटार डाँकेका छन्। बिहीबार अपरान्ह ५ बजे प्रधानमन्त्रीले जसपा नेताहरूलाई छलफलका लागि डाँकेको बताइएको छ। सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता निष्क्रिय बनाइदिएपछि सत्ता सहकार्यको खेल सुरु भएको छ। वर्तमान सरकारलाई नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा एमालेले सरकार टिकाइराख्न अर्को पार्टीको साथ लिनुपर्ने अवस्थामा प्रधानमन्त्री ओलीले सोही विषयमा छलफल गर्न जसपा नेताहरूलाई डाँकेका छन्। संसदमा निर्वाह गर्ने

विद्यार्थीलाईे बेमौसमी तरकारी तालिम

बझाङ, बित्थडचिर गाउँपालिकामा अवस्थित देवेश्वरी माध्यमिक विद्यालयले विद्यार्थीलाई निःशुल्क बेमौसमी तरकारी तालिम सञ्चालन गरेको छ । तरकारी खेतीमा विद्यार्थीलाई आर्षित गरी आत्मनिर्भर बनाउने ध्येयले सञ्चालित सो ६५ दिने तालिममा २० विद्यार्थी सहभागी रहेका नेपाल शिक्षक सङ्घ बित्थडचिरका सचिव सम्बोध मल्लले जानकारी दिनुभयो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सुदूरपश्चिमको कार्यालय धनगढीले तालिम सञ्चालनका लागि सहयोग गरेको थियो । तालिम शुभारम्भका अवसरमा गाउँपालिकाका अध्यक्ष प्रेम बोहारा र विद्यालय व्यवस्थापन समिति

खुमलटारद्वारा बाँसबारी ४–० गोल अन्तरले पराजित

काठमाडौं, सहिद स्मारक बी डिभिजन लिगको बुधबार भएको खेलमा खुमलटारले बाँसबारी क्लबलाई ४–० गोल अन्तरले पराजित पराजित गरेको छ। जितसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँगअंक बराबरी समेत गरेको छ। खुमलटारलाई सुखल अन्त्य दिलाउन आदील हमिद, प्रसान्त अवस्थी, आयुश घलान र महेश राईले एक एक गोल गरे। खुमलटारले ११ खेलमा २५ अंक जोडेको छ। एक खेल कम खेलेको सातदोबाटोको पनि २५ अंक नै रहेको छ। खुमलटार लिगको दोस्रो स्थानमा रहेर सिजनको अन्त्य

एमालेको पुनःसंरचनाबारे छलफल गर्न माधव पक्षको बैठक

काठमाडौँ, पुनःस्थापित नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालतर्फका स्थायी कमिटी सदस्यहरू छलफलमा बस्ने तयारी भएको छ। माधव पक्षको पूर्व एमालेहरूको समूह एमालेको पुनर्संरचनाबारे छलफलका लागि जुट्न लागेको हो। माओवादीसँग एकीकरण अगाडि एमालेको स्थायी कमिटीमा माधव नेपाल निकट ११ स्थायी कमिटी सदस्य छन्। दुई वरिष्ठ नेता झलनाथ खनाल र नेपाल, तीन उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव घनश्याम भूसाल, तीन सचिव गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई,

सपना रोकालाई धम्की दिने बस्नेत ५० हजार धरौटीमा रिहा

काठमाडौँ, काठमाडौँमा वेवारिसे लासको व्यवस्थापन गरिरहेकी सामाजिक अभियान्ता सपना रोका मगरलाई धम्की दिएको आरोपमा पक्राउ परेका विनयजंग बस्नेतलाई काठमाडौँ जिल्ला अदालतले ५० हजार धरौटीमा रिहा गरेको छ। जिल्ला अदालतले साइबर अपराधमा ४० हजार र अभद्र व्यवहार कसूरमा १० हजार गरी ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो। बस्नेत बुधबार नै धरौटी बुझाएर रिहा भएका महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। महानगरीय प्रहरी परिसर, काठमाडौँले बस्नेतमाथि अनुसन्धान सकेर मंगलबार