समाचार

रेशम चौधरी प्रकरण बारे सरकार र थारुहटबीच वार्ता

काठमाडौँ। गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वको बनेको सरकारी वार्ता टोली र आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिबीच वार्ता सुरु भएको छ। दुई पक्षबीच पहिलो चरणको वार्ता सुरु भएको हो। थारुहट–थारुवान सयुंक्त संघर्ष समितिका महासचिव प्रेमलाल चौधरीले दुई पक्षबीच वार्ता सुरु भएको बताएका हुन्। सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य रहेका छन्। थरुहटका तर्फबाट रुक्मिणी चौधरीको

प्रचण्ड पुनरावकलोकनको माग गर्दै सर्वोच्च पुगे

काठमाडौँ । गत २३ गते सर्वोच्च अदालतले गरेको फैसालासँगै एमाले–माओवादी ब्यूँताएपछि पुनरावकलोकनका लागि निवेदन दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु सर्वोच्च अदालत पुगेका छन्। प्रचण्डसहित माओवादी केन्द्रका स्थायी कमिटी सदस्यहरू सर्वोच्च पुगेका हुन्। उनीहरुले नेकपा एकता बदरको फैसलाविरुद्ध पुनरावलोकनका लागि निवेदन दिन सर्वोच्चमा पुगेका हुन्। सर्वोच्चले नाम विवादको फैसला सुनाउने क्रममा नेकपा भंग गर्दा एमाले र माओवादी केन्द्र ब्यूँतिएको थियो। सर्वोच्चको फैसलासँगै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल

वामपन्थी नेता मानन्धरको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले वामपन्थी अग्रज नेता विष्णुबहादुर मानन्धरको निधनप्रति दुःख व्यक्त गरेको छ । उहाँको उपचारका क्रममा यही चैत १६ गते ललितपुरस्थित पाटन अस्पतालमा निधन भएको हो । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज शोक विज्ञप्तिमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गर्नुभएको छ । स्व मानन्धर रौतहट, बारा र पर्सा जिल्लामा किसान नेताका रुपमा परिचित हुनुहुन्थ्यो । सरल र शान्त स्वभावका

केन्द्रिय कार्यालयका लागि घर खोज्दै सूर्या लाइफ, कम्पनीको वेवसाइट मार्फत शिलबन्दी प्रस्ताव गर्न पाउने

काठमाडौं । सूर्या लाइफले केन्द्रिय कार्यालय सार्ने भएको छ । कम्पनीले केन्द्रिय कार्यालयको लागि काठमाडौं तथा ललितपुरको रिङरोडभित्र वा सो आसपासको क्षेत्रमा सडक, पानी, विजुली, टेलिफोन तथा ढलको राम्रो व्यवस्था भएको घर भाडामा लिनका लागि सार्वजनिक सूचना मार्फत घरवेटी सँग प्रस्ताव आह्वान गरेको छ । कम्पनीले १५ /२० वटा कार तथा ५०/५५ वटा मोटरसाइकल पार्किङ गर्ने स्थान सहित ९ हजार स्क्वायर फुटको घर वा फ्ल्याट भाडामा लिन खोजेको हो ।

मौसममा तत्काल सुधार हुने देखिँदैन, सावधानी अपनाउनुस्  : जल तथा मौसम विभाग

काठमाडोैँ । जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको तुवाँलो लागेको विभागले उल्लेख गरेको छ । हाल मुलुकका धेरै जसो स्थानमा वायुमण्डल स्थिर अवस्थामा

नेप्सेमा पाँच अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५.४५ बिन्दुले ओरालो लागेर दुई हजार ५४३.५२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३९ बिन्दुले ओरालो लागेर ४४९.९२ मा पुगेको छ । कूल २०९ कम्पनीको ९१ लाख ३८ हजार ९३५ कित्ता शेयर रु चार अर्ब ४१ करोड तीन लाख ४५ हजार ३०

नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीबाट निलम्बित

काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन्। ओलीले पार्टी विधान २०४९ को धारा ४९ ‘ख’अनुसार ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीहरूबाट दुई नेतालई निलम्बन गरेका हुन्। नेता नेपाल र रावललाई सोधिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै ओलीले उनीहरूलाई निलम्बन गरेका हुन्। पार्टी हितविपरीत गतिविधि गरेको भन्दै ओलीले दुवै नेतालाई कारबाही गरिएको पत्र पठाएका हुन्। यसैबीच सच्चिएर

‘भेरोसेल’ नेपाल आइपुग्यो

काठमाडौँ । चीन सरकारले नेपाल अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप आज आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ बिहान ९.१५ बजे आइपुगेको हो । चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपको आठ लाख मात्रा नेपाललाई अनुदानमा गराएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गर्नुभयो ।

चिनियाँ विदेशमन्त्री युएई भ्रमणमा, कोभिड खोपको नयाँ प्लान्ट शिलान्यास

काठमाडौँ । चिनियाँ विदेश मन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले आइतबार युनाइटेड अरब इमिरेट्स ९युएई०का विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायिद अल–नायिनसँग भेटवार्ता गर्नु भएको छ । दुबै मन्त्रीले संयुक्त रुपमा युएईमा स्थापित चिनियाँ खोपको उत्पादन प्लान्टको भर्चुअल रुपमा शिलान्यास गर्नु भएको थियो । त्यस अवसरमा चिनियाँ विदेश मन्त्री वाङले चीन र युएईले संयुक्तरुपमा कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल ट्रायल गर्न लागेकामा प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले यस कार्यबाट चिनियाँ खोपको विभिन्न

२० वर्ष कैद भएका फरार अभियुक्त पक्राउ

काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी आइतबार कारागार चलान गरेको छ । पक्राउ परेका सप्तरीको वलानविहुल गाउँपालिका–३ (साविक मौवाहा गाविस–६) का ५४ वर्षीय लक्ष्मण भन्ने धनीलाल साह तेलीलाई जिल्ला अदालतमा उपस्थित गराई राजविराजस्थित कारागारमा पठाइएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको थियो । सप्तरीको साविक मौवाहा गाविस–६ (हाल