विश्व

बच्चन परिवारलाई कंगनाको प्रश्न, ‘यस्तो तपाईँको परिवारमा भएको भए ?’

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनावत लगातार चर्चामा आइरहेकी छन्। उनी सामाजिक सञ्जालमा नि’डरताका साथ अभि’व्यक्ति दिँदै आएकी छन्।अहिले उनले गरेको एक ट्वीटको कारण उनी फेरि चर्चामा छिन्। कंगना रनावतले ट्वीट गरेर भनिन्( जया जी, तपाई अझै पनी यस्तो कुरा गर्नुहुन्छ यदि मेरो ठाउँमा तपाईकी छोरी श्वेतालाई कु’टपिट गरियो, ड्र’ग्स दिइयो र किशो’रावस्थामा दु’र्व्यवहार गरियो। के तपाईं अझै यसो भन्नुहुने थियोस यदि अभिषेकले लगातार दु’र्व्यवहार र उ’त्पीडनको गु’नासो गर्यो र

अष्ट्रेलियामा बिरालोलाई सेक्योरिटी गार्ड बनाइयो

काठमाडौं । बाच्नुमात्र पर्छ धेरैकुरा हेर्न मिल्छ झै अष्ट्रेलियामा चाहिँ एउटा बिरालोले गज्जबको जागिर पाएको छ । कसैकोमा पनि नपालिएको अर्थात् भुस्याहा वा छाडा अवस्थामा रहेको एक बिरालोलाई अष्ट्रेलियाको एपवर्थ अस्पतालले सुरक्षा गार्डको जागिर दिएको हो । रिपोर्ट अनुसार उक्त बिरालोको नाम एलउड हो । उसलाई रिचमण्ड सहरस्थित एपवर्थ अस्पतालले सेक्योरिटी गार्डको रुपमा भर्ना गरी काममा खटाएको छ । अस्पताल प्रशासन उक्त सुरक्षा गार्ड बिरालोलाई बकाइदा एउटा परिचयपत्रसमेत दिएको छ,

शेर्पा सङ्घ युकेका अध्यक्षको कोरानाबाट निधन

काठमानडौँ । शेर्पा सङ्घ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिनुभयो । गत असार २९ गते कोरोना सङ्क्रमण देखिएपछि उहाँलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो तर दुई हप्तासम्म पनि कुनै सुधार नभएपछि लण्डनको सेन्ट थोमस अस्पतालमा सारिएको थियो ।

कोरोनाका कारण विश्वभरि आठ लाख जनाको मृत्यु

काठमाडौँ । विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण आइतबारसम्म मृत्यु भएकाहरुको सङ्ख्या आठ लाख पुगेको छ । जोन हकिङ्स विश्वविद्यालयले शनिबार दिएको जानकारी अनुसार कोरोनासम्वन्धी समस्याका कारण मृत्यु भएका आठ लाखमध्ये सवैभन्दा धेरै अमेरिकाका रहेका छन् । अमेरिकामा आइतबारसम्म एक लाख ७५ हजार ४२९ जनाको मृत्यु भएको छ भने दोस्रो धेरै ब्राजिलमा एक लाख १३ हजार ३५८ जनाको मृत्यु भएको छ । त्यस्तै तेस्रो धेरै मानवीय क्षति बेहोरेको मेक्सिकोमा ६० हजार २५४,

विश्वकै सबैभन्दा बढी उमेर बाच्ने व्यक्तिको निधन

काठमाडौँ । विश्वकै सबैभन्दा बढी उमेर बाच्ने व्यक्ति फ्रेडी ब्लेम दक्षिण अफ्रिकाका वृद्ध हुन्। उनको १ सय १६ वर्षको उमेरमा निधन भएको हो। फ्रेडी ब्लेम नाम गरेका व्यक्तिको आधिकारिक कागजातमा उनको जन्म सन् १९०४ को मे ८ मा भएको देखिन्छ। तर उनले बढी उमेर बाँच्ने व्यक्तिका रुपमा गिनिज बुकमा नाम भने लेखाएका छैनन्। फ्रेडी किशोर हुँदा उनको परिवारका सबै सदस्य सन् १९१८ को स्पेनिस फ्लूका कारण निधन भयो। उनी २

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड २० लाख पुग्यो

काठमाडौँ । कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको संख्या दुई करोड २० लाख पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरी अहिलेसम्म दुई करोड १९ लाख ८७ हजार २०७ जना सङ्क्रमित भएका छन् । कुल सङ्क्रमितमध्ये सात लाख ७७ हजार १८ जनाको मृत्यु भइसकेको विश्वविद्यालयले जनाएको छ । सबैभन्दा धेरै सङ्क्रमित रहेको अमेरिकामा अहिलेसम्म ५४ लाख ८० हजार ४८७ जना संक्रमित भएका छन् भने एक लाख ७१ हजार ६३६

भारतले फ्रान्सबाट किनेकाे राफेल लडाकु विमान भारत आउँदै

पेरिस । भारतले खरिद गर्न लागेका फ्रान्सेली अत्याधुनिक राफेल लडाकु विमानको एक खेप भारतका लागि प्रस्थान गरेका छन् । पहिलो चरणमा पाँच वटा लडाकु बिमान बुधबार भारतीय वायुसेनामा समाहित गर्ने कार्यक्रम छ । ती लडाकू विमानहरू फ्रान्सको मेरिगन्याक हवाई अड्डाबाट उडेका थिए । ती विमान भारततर्फ प्रस्थान गर्नुअघि फ्रान्सस्थित भारतीय राजदूतावासले गरेको ट्वीटमा भारतीय वायुसेवाको क्षमता विकासमा राफेल विमानको सहभागिताले महत्वपूर्ण योगदान गर्ने बताइएको छ । फ्रान्सेली विमानमा सात जना

विश्वभर एकैदिन १ लाख ८३ हजार कोरोना संक्रमित भेटिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर कोरोना भाइरस (कोभिड–१९) का अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार पछिल्लो २४ घण्टामा विश्वभर एक लाख ८३ हजार नयाँ संक्रमित फेला परेका हुन् । यीमध्ये ६० प्रतिशत उत्तर र दक्षिणी अमेरिकामा छन् । पछिल्लो समय विश्वका धेरैजसो मुलुकले बिस्तारै लकडाउन खुकुलो पार्दै गइरहेको समयमा डब्ल्यूएचओले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । अमेरिका कोरोना भाइरसबाट सबैभन्दा

कोरोनाबाट विश्वभरि ४ लाख ५१ हजार बढीको मृत्यु, ८४ लाख संक्रमित

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ५१ हजार ४३९ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८४ लाख ७ हजार ३७३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइको छ । नेपाली समयानुसार बिहीबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४४ लाख १७ हजार ५०९ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब

ट्रम्पले राष्ट्रपति चुनावमा सघाउन चीनलाई गुहारेको आरोप

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतिय निर्वाचनमा आफूलाई सघाउन चिनियाँ राष्ट्रपति सी जिनपिङको सहयोग मागेको ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आरोप लगाएका छन् । बोल्टनले आफूले प्रकाशन गर्न लागेको संस्मरणात्मक पुस्तकमा ह्वाउट हाउसमा राष्ट्रपति ट्रम्पसँग भएका अन्तरंग कुराकानी र विमति समेतका विविध गतिविधिका बारेमा लेखिएको छ । उक्त पुस्तकको केही अंश अमेरिकी अखबारहरूमा प्रकाशन भएका छन् । पुस्तकमा राष्ट्रपति ट्रम्पले अमेरिकी विदेश नीतिलाई सन्