विशेष

दीक्षान्त प्रकाशनद्वारा विद्यालयलाई डेढ लाख बढी मूल्य बराबरका पुस्तक वितरण

काठमाडौँ – दीक्षान्त पुस्तक प्रकाशन कीर्तिपुरले धादिङस्थित एउटा विद्यालयलाई डेढलाख भन्दा बढी मूल्य बराबरका पुस्तक हस्तान्तरण गरेको छ । १४ औँ पुस्तकालय दिवसको अवसरमा प्रकाशनले धादिङ धुनीवेशी ५ मा रहेको महादेवस्थान माध्यमिक विद्यालयलाई पुस्तक हस्तान्तरण गरेको हो । विद्यालयलाई एक कार्यक्रमका बीच दीक्षान्त पुस्तक प्रकाशनका व्यवस्थापक महेश शर्मा र नम्रता अर्यात शर्माले पुस्तकहरू हस्तान्तरण गरेका हुन् । ‘सबल समाजको आधारः सार्वजनिक पुस्तकालय विकास र विस्तार’ भन्ने मूलनाराका साथ मनाइरहेको १४ औँ

SEE र कक्षा १२ काे परीक्षा स्थगित

काठमाडौँ ।राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । अवस्था नियन्त्रणबाहिर रहेकाले देशभरका २ हजार १९ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुन नसक्ने निर्ष्कष निकालिएको

बीमा कम्पनीप्रति आक्रामक बने अध्यक्ष शिलवाल, संस्थागत शुसाशनमा कम्पनी बसेको पाइएन

काठमाडौं । बीमा समितिका अध्यक्ष शुर्यप्रसाद सिलवाल बीमा कम्पनीहरुप्रति आक्रामक बनेका छन । मंगलबार सगरमाथा इन्स्योरेन्स कम्पनीले आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष सिलवालले बीमा कम्पनीहरुलाई किरा मर्नेगरी गाली गरेका छन । समितिको अध्यक्ष बनेपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका सिलवालले बीमा कजारमा ज्यादै विकृती रहेको भन्दै यसअघिका व्यावस्थापनको कमजोरी रहेको बताए । उनले अहिलेपनि बीमा कजारमा अण्डरकटिङ ज्यादै रहेको बताए । बीमा समिति र बीमा कम्पनीविच सहमतीमा रेट निर्धारण हुन्छ तर

तीन हप्ता विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय कम्तीमा २१ दिन बन्द गरी अनलाइनमार्फत कक्षा सञ्चालन गर्न सिफारिस गरेको छ । अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको भन्दै मन्त्रालयले ठूला शहर र जनघनत्व बढी भएका स्थानमा अनलाइनमार्फत कक्षाा सञ्चालन गर्न सिफारिस गरेको स्वास्थ्य राज्यमन्त्री नवराज रावतले अनलाइनपानालाई जानकारी दिए । उनले भने –‘ ठूला शहरमा कम्तीमा तीन हप्ता भौतिक कक्षा बन्द

प्रधानमन्त्रीद्वारा एकैपटक १६५ सडक शिलान्यास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ सडकको शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोह भर्चुअलमाध्यमबाट उहाँले हरेक निर्वाचन क्षेत्रमा एक वटा सडक हुने गरी १६५ सडकको शिलान्यास गर्नुभएको हो । रु ५७ अर्ब १० करोडको लागतमा तीन वर्षमा निर्माण गर्ने गरी ती सडक सम्पन्न गर्ने लक्ष्य लिइएको छ । एक सय ६५ निर्वाचन क्षेत्रमा एक÷एक वटा सडकका दरले शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले

ने.क.पा. को बोर्ड हटाएर धुम्बाराहीमा राखियो एमालेको बोर्ड

काठमाडौं । सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि धुम्बाराहीको केन्द्रीय मूख्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो । बिहानै बोर्ड फेरिएको छ । धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो । सलगत्तै देशका विभिन्न जिल्लामा एमालेको बोर्ड राख्न थालिएको

सर्वोच्चको फैसला अपेक्षा गरेभन्दा फरक : प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड(माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा पार्टीबारे सर्वोच्चको फैसला अपेक्षा गरे भन्दा फरक आएको बताएका छन् । सर्वोच्चको फैसला आएपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले फैसला नहेरी थप टिप्पणी नगर्ने बताए । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० राख्ने निर्वाचन आयोगको निर्णय खारेज गर्दै ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो ।

सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा के छ ?

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा दुबै पक्षको वार्ता टोलीका संयोजकहरु रामबहादुर थापा बादल र खड्गबहादुर विश्वकर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमति पत्र १ .दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं । २ .

मुस्कान खातुन अमेरिकाको प्रतिष्ठित पुरस्कारबाट सम्मानित हुँदै

काठमाडौं। मुस्कान खातुनले प्रतिष्ठित इन्टरनेसनल वुमन अफ करेज ९आइडब्लूओसी० अवार्ड पाउने भएकी छन्। तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको माग गर्दै आएकी उनको भूमिकालाई कदर गर्दै उक्त अवार्डबाट सम्मानित गर्न लागिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको हो। अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिकंनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमबीच उनलाई अवार्ड प्रदान गर्ने भएको हो। मुस्कानले आफूमाथि परेको दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउन भूमिका खेलेको दूतावासबाट जारी विज्ञप्तिमा

विप्लव हिँडे काठमाडौं

काठमाडौं। नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ काठमाडौं हिडेका छन्। दुई वर्षअघि सरकारले प्रतिबन्ध लगाएसँगै भूमिगत बनेका उनी विशेष सम्बोधनका लागि काठमाडौं हिँडेका हुन्। बुधबार र बिहीबार सरकारका पक्षबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव नेतृत्वको नेकपाको पक्षबाट प्रकाण्डले वार्ता गरेसँगै विप्लव आज सार्वजनिक हुन लागेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव आज एउटै मञ्चमा देखिने भएका छन्। सरकारी र नेकपाको वार्ता टोलीबीच भएको तीन बुँदे सहमति बमोजिम उनीहरुहरु