विशेष

नयाँ बसपार्कमा ‘टिकट बुकिङ’ खुल्ला – सेयर गरौं

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट कम्युटर प्रणालीमार्फत लामो दूरीका बस ‘टिकट बुकिङ’ खुला गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस ९कोभिड–१९० का कारण झण्डै ६ महिना बन्द रहेको नयाँ बसपार्कले प्रविधिलाई पछ्याउँदै कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला गरेको हो । कोभिड–१९ का कारण चैत १० गतेदेखि देशभरका सार्वजनिक यातायात बन्द रहेको अवस्थामा सरकारको सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले असोज १ देखि सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेसँगै आजदेखि

मोदीको जन्मदिन : प्रधानमन्त्री ओलीले दिए शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षि नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन । प्रधानमन्त्री ओलीले ट्विटमा भारतीय प्रधानमन्त्री मोदीलाई मेन्सन गर्दै लेखेका छन्, ‘प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी, जन्मदिनको सुखद् अवसरमा यहाँलाई न्यायनो अभिवादन १ ’तपाईँको स्वास्थ्य र खुशीका लागि कामना गर्छु।’ ओलीले मोदीसँग मिलेर काम गर्ने पनि उल्लेख गर्न भ्याएका छन्। ‘हामी निकट रहेर संयुक्त रुपमा दुई मुलुकबीचको सम्बन्ध बलियो बनाउन निरन्तर लागिरहने छौं’ ओलीले लेखेका छन्। भारतले

कोरोना भाइरस अमेरिका: ट्रम्प भन्छन् 'केही साताभित्र आमरूपमा वितरणका लागि खोप तयार हुनेछ'

अमेरिकामा आमरूपमा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने समयबारे राष्ट्रपति र सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशकले परस्परविरोधी अभिव्यक्ति दिएका छन्। राष्ट्रपति डोनल्ड ट्रम्पले केही हप्ताभित्र आमरूपमा वितरणका लागि खोप तयार हुने दाबी गरेका छन् भने सीडीसीका निर्देशक रोबर्ट रेडफिल्डले सन् २०२१ को मध्यसम्ममा आमनागरिकका लागि उपलब्ध हुनसक्ने बताएका छन्। कोरोनाभाइरसविरुद्धको खोप शुरूवाती चरणमा यो वर्षको नोभेम्बर र डिसेम्बर महिनाको बीचमा उपलब्ध हुनसक्ने सीडीसीका निर्देशक रोबर्ट रेडफिल्डले बताए। तर

आलुभित्र प्याज लुकाएर कालोबजारी गर्ने तीन व्यापारीको कारोबार रोक्का

काठमाडौँ । कोटेश्वर तरकारी बजारका तीन जना व्यापारीको कारोबार रोक्का गरिएको छ। आलुभित्र प्याज लुकाएर कालोबजारी गरेको पाइएपछि कारोबार रोक्का गरिएको हो। कोटेश्वरका तरकारी व्यापारी विजेश गौतमले आलु भित्र २९ बोरा प्याज लुकाएर राखेको र उलक शब्जी भण्डारका सञ्चालक ज्योतीनाथ उलकले १३ बोरा प्याज लुकाएर राखेको भेटिएको अनुगमनमा गएका उपभोक्ताकर्मी माधव तिमल्सिनाले बताए। त्यस्तै, दुलाल आलु भण्डारका सञ्चालकले बिल बिजक जारी नगरी प्रतिकेजी ७० रूपैयाँले किनेको प्याज १ सय ४०

कुलमानको पुनः नियुक्ति सम्भावना कायमै, ऊर्जामन्त्रीको सचिवालयले यस्तो भन्यो...

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’को सचिवालयले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन : चार वर्षे कार्यकालका लागि प्रस्ताव गरेको जानकारी दिएको छ। सोमबारको मन्त्रिपरिषद् बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव पेश गरेको उनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले बताएका छन् । मन्त्री पुनका सचिवालय प्रमुख चापागाईंले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबारको मन्त्रिपरिषद बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा

आईपीएल: युएई पुगेका सन्दिपलाई लाग्यो धक्का

१३ औं संस्करणको आईपीएलमा सहभागी हुन नेपाली स्पिनर सन्दिप लामिछाने सोमबार मध्यरातमा युएई पुगेका छन्। आइतबार पुग्नुपर्ने भएता पनि सन्दिपको फ्लाइट छुटेका कारण उनि ढिला युएई पुगेका हुन्। करेबियन प्रिमियर लिग टि(२० मा सहभागिता जनाएपछि सन्दिप सेप्टेम्बर ११ मा युएई प्रस्थान गरेका थिए। सन्दिप युएई पुगेपछि उनको टिम दिल्ली क्यापिटल्सले खुसि व्यक्त गर्दै सामाजिक संजालमा “देखो, वोह आ गया” अर्थात् “हेर्नुस्, उनि आइपुगे” भन्दै उनलाई स्वागत गर्दै माया गर्न पनि

आगलागीबाट घर जलेर नष्ट

बलेवा । बागलुङको बरेङमा आगलागी हुँदा एक घर जलेको छ । आगलागीमा बरेङ गाउँपालिका–३ बाटाकाचौरका सरस्वती बिकको कच्चि घर जलेको हो । राति २ बजे एक्कासी भएको आगलागीमा घर जलेर नष्ट भएको प्रहरी चौकी बरेङले जनाएको छ । घरमा आगलागी भएको देखेर भागेका बिक परिवारले ज्यान बँचाएका छन् । उहाँको घरका सबै सामान जलेको प्रहरी सहायक निरीक्षक कृष्ण अधिकारीले जानकारी दिनुभयो । स्थानीयले राति नै आगो नियन्त्रणमा लिएकाले गाउँका अन्य

विश्व बिरामी सुरक्षा दिवस: ‘स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनका लागि सरकार प्रतिबद्ध’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले महामारीबाट नागरिकलाई जोगाउन र आफ्नो ज्यानको पर्वाह नगरी उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनसहित सम्मानजनक काम गर्ने वातावरण बनाउन सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । दोस्रो विश्व विरामी सुरक्षा दिवसका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानको लागि आवाज उठाउँदै आएका व्यक्ति तथा नागरिक समाजलाई धन्यवाद दिदै थप सुरक्षित र सम्मानपूर्ण वातावरण बनाउन सबैमा आग्रह पनि गर्नुभएको छ

‘विद्युत प्राधिकरणमा कुलमान नभए जनताले जिन्दगीभरी चित्त दुखाउने छन्’ – मदनकृष्ण श्रेष्ठ (पढ्नुहोस्)

काठमाडौं । ‘मह’ का ‘म’ वरिष्ठ हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःनियुक्ति गर्नु पर्ने धारणा राखेका छन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विचार लेख्दै अभिनेता श्रेष्ठले कुलमानलाई हटाइए ७७ जिल्लाका जनताले जिन्दगी भरी चित्त दुखाउने धारणा राखेका हुन् । एउटा जिल्लाको जनमत प्राप्त गरेपछि कुनैपनि व्यक्ति सांसद बनेर सिंगै मन्त्रालयको नेतृत्व गर्न योग्य हुने लोकतान्त्रिक अभ्यासलाई सम्झाउदै श्रेष्ठले लेखेका छन, ‘जनताको मतलाई आयोग्य ठानेर बेवास्ता

प्रहरीको आचरण सुधार गर्न ‘आचारसंहिता’

काठमाडौँ । समयानुकूल कर्मचारीको आचरण सुधार गर्न नेपाल प्रहरीले आचारसंहिता जारी गरेको छ । नागरिकको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, अपराध नियन्त्रण एवं अनुसन्धान गर्ने कार्यमा शिष्ट, मर्यादित, जवाफदेही, कर्तव्यनिष्ठ, नैतिकता र अनुशासनप्रति प्रतिबद्ध बनाउन आचारसंहिता जारी गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम प्रहरी महानिरीक्षकबाट नेपाल प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने ‘आचारसंहितासम्बन्धी कार्यादेश, २०७७’ जारी गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले