फिचर समाचार

एकीकृत समाजवादीले सबै मन्त्री फिर्ता बोलायो नयाँ मन्त्री काे लिस्ट अाजै पठाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलाएको छ । आइतबार बसेको पार्टीको सचिवालय समितिले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए । ‘पहिले नै ६/६ महिना मन्त्री बन्ने सहमति भएको थियो । उहाँहरु मन्त्री बनेको ६ महिना भइसक्यो । त्यसैले सधन्यवाद फिर्ता बोलाउने निर्णय गरियो’ उनले भने    एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले २६६ जनाका लागि खुल्यो विज्ञापन

धनगढी। सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विज्ञापन खोलेको छ। स्थायी पदपूर्ति गर्न आयोगले तेस्रोपटक कर्मचारीको विज्ञापन खोलेको हो। आयोगले प्रदेश निजामती सेवाअन्तर्गत स्वास्थ्य सेवा तर्फको चौथो तह प्राविधिक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो। प्रदेश सरकार र अन्तर्गत रिक्त भएका पदमा स्थायी पदपूर्तिका लागि विज्ञापन गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ। आयोगका अनुसार अनमी खुलातर्फ ८५, महिलातर्फ ३०, आदिवासी–जनजातीतर्फ १५ र दलिततर्फ ५ जना माग गरिएको छ। यस्तै

एमालेकाे विजय जुलुसमा प्रयाेग भएकाे गाडी दुर्घटना ,३ जनाकाे मृत्यु

दार्चुला  । शैल्यशिखर नगरपालिकामा हाइस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ। गोकुलेश्वरबाट पनेबाँजतर्फ आउँदै गरेको म १ ज २७७ नम्बरको हाइस शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ ग्वानीको वडा कार्यालय नजिक रोलाखोलामा दुर्घटना भएको हो। दुर्घटनामा चालक प्रकाशसिंह धामी, सवार नविनसिंह धामी र हरिश धामीको मृत्यु भएको छ। मृतक तीनै जना ग्वानीका स्थानीय हुन्। नेकपा एमालेका कार्यकर्ताहरुलाई विजय जुलुसमा गोकुलेश्वर लग्नका लागि पनेबाँज आउँदै गरेको हाइस सडकबाट करिब १ हजार मिटर तल

गुल्मी काे गुल्मी  दरबार गाउपालिकामा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी

काठमाडौँ । गुल्मीको गुल्मी दरबार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् । आइतबार बिहान सम्पन्न मतगणना अनुसार पालिकाको अध्यक्षमा सरोज थापाले ५ सय ६४ मतान्तर र उपाध्यक्षमा तारा थापा ढेंगा ७ सय ७७ मत अन्तरले विजयी भएका हुन् ।अध्यक्षमा विजयी थापाले ६ हजार १ सय ६६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर भुसालले ५ हजार ६ सय २ मत प्राप्त

तिंकर र छाङरुको मतपेटिका हेलिकप्टर मार्फत सुन्सेरा ल्याइयो

दार्चुला :  ब्याँस गाउँपालिका–१ तिंकर र छाङरु मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकप्टर मार्फत गाउँपालिकाको केन्द्र सुन्सेरा ल्याइएको छ । आज विहान सुर्खेतबाट आएको सेनाको हेलिकप्टरले ति केन्द्रका मतपेटिका सुन्सेरा ल्याएको ब्याँस गाउँपालिकाका निर्वाचन अधिकृत कौशलेश्वर ज्ञवालीले जानकारी दिनुभयो । नेपालको भुमि भएर तिंकर र छाङरु सम्म जाने बाटो नभएका कारण नेपाली सेनाको हेलिकप्टरले मतपेटिका ढुवानी गरेको उहाले बताउनुभयो । (हिजो) वैशाख ३० गते बेलकी ५ बजे मतदान सम्पन्न गरेर तिंकर

तीन जीवन बीमा कम्पनीले मर्जरमा जाने सम्झौता

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स एक आपसमा मर्जरका लागि सम्झौता छ । आज एक कार्यक्रबीच उक्त समझदारी भएको हो । आपसमा मर्जरमा जाने उक्त समझदारी पत्रमा प्राईम लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष पियुषराज अर्याल, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष विवेक दुगड, युनियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुलभ अग्रवालले हस्ताक्षर गरेका हुन । हाल प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख, गुराँस

भाेलि बिदा दिने सरकारकाे निर्णय

काठमाडाैँ । सरकारले मंगलबार सार्वजनिक विदा दिने भएको छ । सरकारले इस्लाम धर्मालम्बीहरूको पर्व ईद (ईद उल फिच)को अवसरमा सार्वजनिक विदा दिएको हो । गृह मन्त्रालयले सोमबार सूचना प्रकाशन गरी मंगलबार सार्वजनिक विदा दिने जनाएको हो । २०७८ फागुन २६ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ ।

जेठदेखि शनिबार र आइतबार विदा दिने सरकारकाे निर्णय

काठमाडौं : सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हप्ताको दुई दिन विदा दिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। उनकाअनुसार जेठदेखि हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक विदाको निर्णय कार्यान्वयनमा आउनेछ। दुई दिन सार्वजनिक विदा दिएसँगै सरकारले कार्यालय समय पनि हेरफेर गरेको छ। विहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म कार्यालय समय तोकिएको छ। इन्धनको

कञ्चनपुरमा एमाले सांसद र मेयर सवार जिपको ठक्करबाट दुई जना घाइते

महेन्द्रनगर । कञ्चनपुरमा नेकपा एमालेका सांसद र मेयर सवार जिपको ठक्करबाट दुई जना घाइते भएका छन् । शुक्लाफाँटा नगरपालिका–५ बनसमितिमा बागमति प्रदेश १३७६ नम्बरको सरकारी गाडीले म२प ९९६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुई जना घाइते भएका हुन् । जिपको ठक्करबाट बेदकोट नगरपालिका सुन्दरपुरका राजकुमार राना र करन राना घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार घाइतहरुको टाउको र खुट्टामा चोट लागेको छ ।

एमाले टुंगो लगायाे सुदूरपश्चिमका ७७ पालिकामा  उम्मेदवार (सुचि सहित)

धनगढी – नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ७७ स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । ११ वटामा भने सहमतिको प्रयास भइरहेकाले उम्मेदवार टुंगो नलागेको एमलेको प्रदेश कमिटीले जनाएको छ ।धनगढी उपमहानगरपालिकाको उम्मेदवार केन्द्रीय सचिवालय समितिको बैठक र अन्य पालिकाको उम्मेदवार प्रदेश कमिटीले टुङ्गो लगाएको हो ।डडेल्धुुराको अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका, गन्यापधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका, बैतडीको पुर्चौडी नगरपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका, डिलासैनी गाउँपालिका तथा अछामको रामारोशन र मेल्लेख गाउँपालिका