रास्वपाको नाम र चुनाव चिह्न फेर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम र चुनाव चिह्न ‘घण्टी’ हटाउन माग गर्दै निर्वाचन आयोगमा औपचारिक निवेदन दर्ता गरिएको छ । स्वयंलाई सामाजिक अभियन्ता बताउँदै आएका युवराज सफलले आयोगमा बिहीबार दर्ता गराएको निवेदनमा पार्टीको नाममा रहेको ‘स्वतन्त्र’ शब्दले स्वतन्त्र उम्मेदवारको वैधानिक अधिकार र पहिचानमा असर पुर्याएको उल्लेख गरिएको छ । सफलले दलसँग आफ्नै विचार, सिद्धान्त र नीति हुने भएकाले कुनै पनि दल स्वतन्त्र हुन नसक्ने उल्लेख गरेका छन्










