बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा रास्वपाले दियो प्रष्टीकरण
काठमाडौँ ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनमा प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनमा उल्लेख भएको सदस्यता तथ्याङ्कबारे चौतर्फी प्रश्न उठेपछि स्पष्टीकरण दिएको छ।पार्टीका महामन्त्री विपिन आचार्यले बुधबार विज्ञप्ति जारी गर्दै यसबारे स्पष्टीकरण दिएका हुन्। पार्टीले १८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना सदस्य रहेको भन्ने विषय वास्तविक सदस्यता अभिलेखमा आधारित नभई प्रारम्भिक आवेदन विवरणको गलत व्याख्याबाट आएको रास्वपाले जनाएको छ। विज्ञप्तिमा नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, बालबालिकासम्बन्धी ऐन तथा










