देउवाको निस्क्रियता, नयाँ सरकार गठन गर्नुपर्ने पौडेल पक्ष
काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय शीर्षस्थ नेताहरूलाई बोहोराटार बोलाएका छन्। नेता पौडेलले आफ्नै निवास बोहोराटारमा दिउँसो १ बजेका लागि नेताहरूको भेला आह्वान गरेका हुन्। महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता अर्जुननरसिंह केसी, रामशरण महत, मिनेन्द्र रिजाल लगायतका नेताहरूलाई पौडेलले बोलाएका हुन्। पार्टीको १४औं महाधिवेशनको गतिविधि र वर्तमान राजनीतिक परिस्थितिबारे छलफलका लागि भेला आह्वान गरिएको हो। पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओली नेतृत्वको