फिचर समाचार

दार्चुला काङ्ग्रेसका युवा नेता हंशराज भट्ट पुन: मेयर पदका लागि सर्वसम्मत चयन

धनगढी  । यही वैशाख ३० को स्थानीय निकायको चुनावको लागि दार्चुला जिल्लाको महाकाली नगरपालिकाको मेयर पदका लागि नेपाली काग्रेसबाट बहालवाला नगर प्रमुख हंश राज भट्ट  चयन भएका छन् । नेपाली कांग्रेसले महाकाली नगरपालिकाको मेयर पदमा भट्टलाई पून: सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो । आफ्नो मेयरको पाँच वर्षे कार्यकालमा कुनै पनि विवादमा नमुछिएका मेयर भट्टलाई कांग्रेसले लोकप्रियताका आधारमा चयन गरेको हो । जिल्लाका अन्य स्थानीय निकायका प्रमुखहरु कुनै नै कुनै

गज्र्याङ–नयाँ खिम्ती प्रसारण लाइन निर्माणमा अवरोधै अवरोध

काठमाडौं, खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाहका लागि निर्माणाधीन गज्र्याङ–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको काममा अवरोधै अवरोध छ । प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाधनीले शतप्रतिशत मुआब्जाको माग गर्दै निर्माणमा रामेछापको गोकुलगंगा गाउँपालिकास्थित ठोसे, धारापानी, बेताली, नाममाडी र दोलखाको तामाकोसी गाउँपालिकाको सहरे क्षेत्रमा निर्माणमा अवरोध गरेका छन् । केही स्थानमा मार्गधिकारमै नपर्ने जग्गा तथा घरधनीले मुआब्जा तथा क्षतिपूर्तिको माग गर्दे प्रसारण

जसले ‘चौलानी’को नाम देशभर चिनाए : १० रूपैयाँको माछा बेच्थे, अहिले ८० करोड काे ब्यावसाय चलाउँछन्

धनगढी : युवा उमेर चढ्दै जाँदा के व्यवसाय गर्ने र कसरी कमाउने भन्ने कुराले दिमागमा डेरा जमाउँछ। कुनै व्यापार–व्यवसाय गर्ने कि, जागिर खाने वा विदेश पो जाने कि! यस्तै यस्तै सोचाइले दिमाग भरिन्छ तर टुंगो गर्न निकै मुश्किल पर्छ। आउनुहोस्, यस्तै मुश्किल पार गरेर सफल बनेका दार्चुलाको लेकम गाउँपालिका–१ का मानसिंह साउदको व्यावसायिक जीवनको कथा थाहा पाऔं। मानसिंहको परिवार कृषिमा आधारित थियो। घरमा काम सघाउँदै उनले गाउँकै सरकारी स्कुलबाट एसएलसी पास

डिलाशैनीमा एमालेभित्रको विवाद उत्कर्षमा,सुरेन्द्र पालको दम्ब र घमण्डको अन्त्य गर्ने जोशीको भनाई

बैतडीको डिलाशैनी गाउँपालिकामा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ । हिजो बिहीबार डिलाशैनी गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवार छनौट गर्न पंसेरामा एमालेको बैठक बसेको थियो । बैठकमा ४ जना अध्यक्षका आकांक्षी देखिएका छन  । सन्तोषप्रकाश जोशी, उकेन्द्र बोहरा, अक्कल राना र प्रेमराज भट्टले अध्यक्षमा दाबी गरेका थिए  । बैठकमा सहभागी गाउँ कमिटीका नेता र कार्यकर्ताले जोशीलाई समर्थन जनाएपछि त्यहाँको माहोलनै फेरिएको थियो  । उनीहरुले एमाले गाउँ कमिटीको माइन्यूटनै गायब गरिदिएका छन ।

शिक्षक सेवा आयोगको प्रश्नपत्र बजारमा छ्यापछ्याप्ती, अडियो नै बाहिरियो !

काठमाडौं । शिक्षक सेवा आयोगको जारी परिक्षामा दलालहरुले प्रश्न पत्र आउट गरेको आशंका वढेको छ। तीन लाख रुपैयाँमा प्रश्न पत्र हातमा पुर्यादिने भन्दै पैसाको दलाली भईरहेको अडियो रेकर्ड सार्वजनिक भएपछि प्रश्न पत्र आउट भएको आशंका गरिएको हो । तीन लाख रुपैयाँमा प्रश्न पत्र हातमा पाईने भन्दै कुराकानी भएको अडियो रेकर्डमा डेढ लाख रुपैयाँ तत्काल र डेढ लाख रुपैयाँ पछि दिँदा हुने जनाईएको छ। दुई जनाको सम्वादमा दिपा नामकी महिलाको नाम

अधक्ष्य प्रचण्ड ले गरे पूर्वी चितवन १३२ केभी सबस्टेसन को उद्घाटन

काठमाडौं । सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा चितवनको राप्ती नगरपालिका–६ स्थित हर्दीमा निर्माण भएकोे पूर्वी चितवन १३२-३३-११ केभी सबस्टेसनको उद्घाटन गरिएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार हर्दीमा आयोजित कार्यक्रममा सबस्टेसनको उद्घाटन गर्नुभएको छ । चितवनका राप्ती, खैरहनी र कालीका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन करिब ६३ करोड ३० लाख रुपैयाँको लगानीमा पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो । मकवानपुरको हेटौडाबाट चितवनको भरतपुरतर्फ गएको १३२

झण्डा सहित अभिवादन टक्राउँने प्राध्यापकलाई कारर्बाही गर्न नेविसंघले बुझायाे ज्ञापनपत्र

महेन्द्रनगर । विश्वविद्यालयका प्राध्यापकहरुले नेकपा एमालेको झण्डा सहित अभिवादन टक्राउदै गरेको सामुहिक तस्विर सामाजिक सञ्जालमा भाइरल भएपछि सुदूर पश्चिम विश्वविद्यालयका विद्यार्थीहरुले केन्द्रीय क्याम्पस र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा कारर्बाहीका लागि ज्ञापन पत्र बुझाएका छन् । सोमबार नेपाल विद्यार्थी संघ (नेविसंघ) कञ्चनपुरका पूर्व उपाध्यक्ष बिक्रम बुढा सहितको समुहले सुदूरपश्चिम विश्वविद्यालयमा राजनीतिमा लिप्त प्राध्यापकहरुलाई कारर्बाही गर्न माग राख्दै केन्द्रीय क्याम्पसका प्रिन्सिपल कुम्भ बहादुर चन्द र सिडिओ राम प्रसाद पाण्डेयलाई ज्ञापन पत्र बुझाएका हुन्

ऊर्जामन्त्रीबाट १३२ केभीको लाहाचोक सबस्टेसन उद्घाटन

लाहाचोक (कास्की, १४ चैत २०७८ । नयाँ मोदी (पर्वत)–लेखनाथ(कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना अन्तर्गत लाहाचोक सबस्टेसन उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोमबार आयोजना अन्तर्गत कास्कीको माछापुच्छ«े गाउँपालिका–४मा निर्माण गरिएको १३२ लाहाचोक सबस्टेसन उद्घाटन गर्नुभएको छ । सबस्टेसनमा १३२÷३३ केभी, ३० एमभिए र ३३÷११ केभी, ८ एमभिएका पावर ट्रान्सफर्मरहरु रहेका छन् । सबस्टेसनमा स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ३३ केभीका एकवटा लाइन बे

एनआरएनको अध्यक्षमा अालाे पालाे  ६/६ महिना नेतृत्व गर्ने गरि तीन जनाको नाम घोषणा

काठमाडौं ।गैरआवासीय नेपाली संघ ९एनआरएनए० को अध्यक्षमा ६र६ महिना नेतृत्व गर्ने गरि तीन जनाको नाम अध्ययक्षमा घोषणा भएको छ । आइतबार सम्पन्न १० औं विश्व सम्मेलनबाट बद्री केसी, रविना थापा र कुल आचार्य अध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको हो । सहमति अनुसार पहिलो बैठकको अध्यक्षता तिनै जनाले गर्नेछन् । त्यसपछि पहिलो ६ महिना कुल आचार्यले, दोस्रो ६ महिने कार्यकाल रविना थापा र बाँकी कार्यकालको अध्यक्षता बद्री केसीले गर्नेछन् । घोषणासभामा

सशस्त्र प्रहरीले  खोस्यो अनुमति बिनै नेपालतर्फ आएको भारतीय स्काभेटरको चाबी

दार्चुला । सशस्त्र प्रहरीले भारतीय स्काभेटरको चाबी खोसेको छ । दार्चुलास्थित महाकाली नदीमा तटबन्ध निर्माणमा प्रयोग गरिएको भारतीय स्काभेटर नेपालतर्फ आएपछि चाबी खोसेको हो । नेपालसँग समन्वय नगरी दार्चुलातर्फ भारतीय स्काभेटर आएपछि सशस्त्र प्रहरीले चाबी खोसेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । ‘हामीसँग समन्वय नगरेर दार्चुलातर्फ भारतीय स्काभेटर आएको थियो,’ उनले भने, ‘समन्वय बिना नेपालतर्फ स्काभेटर ल्याउन पाइदैन्, नेपालतर्फको बाटो प्रयोगका ल्याइएको भएपनि लिखित रुपमा जानकारी गराएन ।’ भारतले महाकाली