सुदूरपश्चिम प्रदेश

एमाले जिल्ला अध्यक्ष धामी गाउँपालिकामा पराजित

दार्चुला : नेकपा एमाले दार्चुलाका अध्यक्ष प्रेम सिंह धामी स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा पराजित भएका छन् । उहाँलाई गठबन्धनका साझा उम्मेदवार दलजित सिंह धामीले ५ सय ६ मतान्तरले पराजित गरेका हुन् । माओवादी केन्द्रका दलजित गाउँपालिका अध्यक्षमा ३ हजार ७ सय ८३ मत ल्याइ विजयी भएका छन् । एमालेका प्रेमसिंह २०७४ सालको स्थानीय तहमा नौगाड गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । यस्तै नौगाड गाउँपालिका उपाध्यक्षमा काँग्रेसबाट जगत सिंह ठगुन्ना

महाकाली नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित

दार्चुला : जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार निर्वाचित हुनु भएको छ । एमालेका नगर प्रमुख पदका उम्मेदवार नरसिंह चैसिरले कुल खसेको ९ हजार ८०२ मत मध्ये ५१ दशमलव १४ प्रतिशत अर्थात ५ हजार १३ मत प्राप्त गर्दै निर्वाचित हुनु भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिस कोमल प्रसाद आचार्यले घोषणा गर्नु भएको छ । एमालेका उम्मेदवार चैसिर १ हजार

गुल्मी काे गुल्मी  दरबार गाउपालिकामा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी

काठमाडौँ । गुल्मीको गुल्मी दरबार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् । आइतबार बिहान सम्पन्न मतगणना अनुसार पालिकाको अध्यक्षमा सरोज थापाले ५ सय ६४ मतान्तर र उपाध्यक्षमा तारा थापा ढेंगा ७ सय ७७ मत अन्तरले विजयी भएका हुन् ।अध्यक्षमा विजयी थापाले ६ हजार १ सय ६६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर भुसालले ५ हजार ६ सय २ मत प्राप्त

तिंकर र छाङरुको मतपेटिका हेलिकप्टर मार्फत सुन्सेरा ल्याइयो

दार्चुला :  ब्याँस गाउँपालिका–१ तिंकर र छाङरु मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकप्टर मार्फत गाउँपालिकाको केन्द्र सुन्सेरा ल्याइएको छ । आज विहान सुर्खेतबाट आएको सेनाको हेलिकप्टरले ति केन्द्रका मतपेटिका सुन्सेरा ल्याएको ब्याँस गाउँपालिकाका निर्वाचन अधिकृत कौशलेश्वर ज्ञवालीले जानकारी दिनुभयो । नेपालको भुमि भएर तिंकर र छाङरु सम्म जाने बाटो नभएका कारण नेपाली सेनाको हेलिकप्टरले मतपेटिका ढुवानी गरेको उहाले बताउनुभयो । (हिजो) वैशाख ३० गते बेलकी ५ बजे मतदान सम्पन्न गरेर तिंकर

अपी हिमाल—१ मा गठबन्धनको प्यानल विजयी

दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर १ मा गठबन्धनका पोखरसिंह लोथ्याल विजयी भएका छन् । उनी प्यानलसहित विजयी भएको बताइएको छ । लोथ्याल १८३ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका भरतसिंह धामीले १५६ मत ल्याए । लोथ्याल कांग्रेसकातर्फबाट गठबन्धनका उम्मेदवार हुन् । सदस्यमा खडक सिंह जागरी, विन्दा जागरी, विक्रम सिंह जागरी विजयी भएको बताइएको छ ।

काठमाडौंबाट धनगढी का लागि  उडेकाे जहाजको इन्जिन फेल, काठमाडौंमा आपतकालिन अवतरण

काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएको छ । जहाज ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ ।जहाजको सुरक्षित अवतरण भएको र अब प्राविधिक जाँच गरिने स्रोतको भनाइ छ । अहिले आकासमा इण्डिगो, सिंगापुर एयरलाइन्स र भद्रपुरबाट उडेको यति एयरलाइन्स आकासमा होल्ड भएका छन् ।

जनताले परिवर्तन चाहेका छन्, हाम्रो जित सुनिश्चित छ : नेता धामी

दार्चुला । शैल्यशिखर नगरपालिका वडा नं. ६ बाट नेकपा (एमाले)का वडाध्यक्षका उम्मेदवार कल्यानसिंह धामीले जनता परिवर्तनकाे पक्षमा भएकाे बताएका छन् । चुनाव प्रचारकाे सिलसिलामा वडाकाे मिलमिली क्षेत्रमा रहेका धामीले जनता भ्रष्टाचार र कुशासनबाट दिक्क भइसकेकाले आसन्न चुनावमा परिवर्तन देख्न पाइने बताएका हुन् । धामीले शैल्यशिखरमा नेकपा एमालेकाे स्थिति मजबूत भएकाे बताउँदै विपक्षमा भएर पनि आफूहरूले जनताकाे सेवा गरेकाले जित सुनिश्चित भएकाे उल्लेख गरे । उनले भने, ‘जनताले परिवर्तन चाहेका छन्,

धनगढी उपमहानगरका मेयरका स्वतन्त्र उम्मेदवार हमालकाे चुनाव  चिह्न ‘आँप’

धनगढी: कैलालीस्थित धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले चुनाव चिह्न आँप पाएका छन्। शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले उनलाई चुनाव चिह्न आँप प्रदान गरेको हो। स्वतन्त्र उम्मेदवार गोपाल हमालले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयर पदमा उम्मेदवारी दर्ता गराए थिए।  ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने अभियानको मेयर पदमा उम्मेदवारी दिएका उनले नगरवासीले जिताउनेमा विश्वस्त रहेको बताएका थिए। २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत धनगढी उपमहानगरपालिकामा स्वतन्त्र

कैलालीको लम्कीचुहामा गठबन्धनबाट प्रमुख र उपप्रमुखमा महिला उम्मेदवार

धनगढी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुख र उपप्रमुखमा महिला उम्मेदवारलाई अघि सारेको छ। गठबन्धन दलहरुबीच भएको सहमति अनुसार नगरपालिकाको’ प्रमुखमा नेपाली काँग्रेसकी सुशीला शाही र उपप्रमुखमा नेकपा गठबन्धन दलहरुबीच भएको सहमति अनुसार नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसकी सुशीला शाही र उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी जानकीकुमारी सिँह उम्मेदवार रहेका छन्। दलहरुले प्रमुख र उपप्रमुखमा दावी गरेका अन्य व्यक्तिहरुलाई फिर्ता बोलाउने सहमति गरेका छन्। निर्वाचन

माओवादीबाट उपमेयरमा उम्मेदवारी दिएकी खड्का एमालेमा प्रवेश

धनगढी । कैलालीको गोदावरी नगरपालिकामा माओवादीबाट उपमेयरमा उम्मेदवारी दिएकी रिता खड्का एमाले प्रवेश गरेकी छन्।    बिहीबार अत्तरियामा एमाले सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टी प्रवेश गराएका हुन्।खड्काले १२ गते माओवादीबाट उपमेयरमा मनोनयन दर्ता गराएकी थिइन्। एमालेमै राजनीतिक भविष्य देखेर एमाले प्रवेश गरेको उनले बताइन्।साथै गाेदावरी नगरपालिका मा एमाले काे जित निश्चित भएकाे नषर कमिटी अध्यक्ष अानन्द भट्ट ले बताउनु भएकाे छ।