नक्कली फाइल खडा गरी डेढ करोड लगानी गरेपछी नबजिवन सहकारी धनगढीमा लफडा


कैलाली। धनगढीको नवजीवनका १० जना कर्मचारीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ। कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडका विभिन्न नक्कली फाइल खडा गरी डेढ करोड ऋण प्रवाह गरिएपछि धनगढी शाखामा कार्यरत १० जना कर्मचारीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो

नक्कली फाइल बनाएर डेढ करोड ऋण प्रवाह गरेको भेटिएको कुरा बाहिरिएपछि सहकारीले सहकारीका उपाध्यक्ष चेतराज ओझाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो।सोही छानबिनपछि उनीहरुलाई दोस्रो पटक २४ घण्टे स्पष्टीकरण सोधेको सहकारीका महाप्रबन्धक डम्मरसिंह गुरुले ओझाले जानकारी दिए ।छानबिन समितिको प्रतिवेदन अनुसार सहकारीका धनगढी मुख्य शाखाका सहायक महाप्रबन्धक एवं तत्कालीन धनगढी मुख्य शाखा प्रमुख प्रेमराज जोशी र धनगढी शाखाका ऋण विभाग प्रमुख धनन्जय भट्टलाई स्पष्टीकरण सोधिएको थियो ।

जोशी र भट्टको कार्यसम्पादन नियमसंगत नदेखिएपछि उनीहरूलाई धनगढी मुख्य बैंकिङ कार्यालयमा तानिएको सहकारीका उपाध्यक्ष चेतराज ओझाले जानकारी दिए । मुख्य बैंकिङ कार्यालयमा तानिएका उनीहरूलाई दैनिक जिम्मेवारीबाट मुक्त गरिएर जगेडामा राखिएको छ। जोशी र भट्टले सहकारीका नक्कली फाइल प्रमाणीकरण तथा सदर गरेको भेटिएको छ । नवजीवन सहकारीका महाप्रबन्धक डम्मरसिंह गुरुले पहिलो पटकको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि दोस्रो पटक स्पष्टीकरण सोधिएको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *