अर्थतन्त्र

सिईओ काे दवाव थेग्न नसकेर सगरमाथा ईन्स्युरेन्सका  दर्जन कर्मचारीद्धारा राजिनामा

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीका एक दर्जन कर्मचारीले राजिनामा दिएका छन् । कम्पनीका सिईओ चंकी क्षेत्रीको दवाव थेग्न नसकेपछि राजिनामा दिएका हुन् । पछिल्लो पटक राजिनामा दिनेहरुमा विभागीय प्रमुख समेत रहेको जनाइएको छ । कम्पनी स्रोतका अनुसारले केहीको राजिनामा स्वीकृत भएपनि केहीको भने अझै बाँकी रहेको जनाइएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीका सूचना अधिकारी विश्वनाथ अधिकारीले केही कर्मचारीहरुले राजिनामा दिएको स्वीकार गरे । उनले कर्मचारीहरुले राजिनामा दिनु नियमित प्रक्रिया भएकोले

सिद्धार्थ बैंक र कोशी अस्पताल बिच हेमोडायलाइसीस मेसिन प्रदान गर्न सम्झौता

विराटनगर। सिद्धार्थ बैंक र कोशी अस्पताल बिच हेमोडायलाइसीस मेसिन प्रदान गर्न सम्झौता भएको छ । सिद्घार्थ बैंक लिमिटेडले २०७८ चैत्र ९ गते बुधबार विराटनगर स्थित कोशी अस्पताललाई आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रु. ५० लाख वरावरको अस्पतालले उपलब्ध गराएको बिवरण बमोजिम हेमोडायलाइसीस मेसिनहरु प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुन्दर प्रसाद कडेल ज्यू र कोशी अस्पतालका तर्फबाट मेडिकल सुपरिटेण्डेन्ट

नयाँ लाइसेन्स माग गर्दै ८ कम्पनी बीमा समिति पुगे, पुँजी ५ अर्ब र ३ अर्ब तोकिँदै

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले कम्पनीहरुको चुक्ता पुँजी बढाउने भएको छ । अहिलेको पुँजी कम भएकोले बढी पुँजी तोकेर नयाँ कम्पनीको लाइसेन्स खुल्ला गर्ने र पुराना कम्पनीलाई मर्जर गराउने रणनीति समितिले बनाएको छ । समितिले जीवन, निर्जीवन र लघु बीमा कम्पनीको लाइसेन्स वितरण गर्ने योजना बनाएको छ । नयाँ कम्पनीको लागि केही समयभित्रै सार्वजनिक सुचना प्रकाशित गर्ने तयारी भएको समिति स्रोतले जानकारी दियो । ‘नयाँ कम्पनीको लागि

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार अधिकतम ७० रुपैयाँसम्म बोनसदर घोषणा गरेको हो । कम्पनीले बीमितहरुका लागि आर्थिक वर्ष २०७६।०७७ को नयाँ बोनसदर घोषणा गर्दै बीमितहरुलाई अधिकतम प्रतिहजार ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको हो । कम्पनीले आज प्रकाशित गरेको बोनसदरअनुसार बीमितहरुले प्रतिहजार न्यूतम १३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने भएका छन् । इन्स्योरेन्सले विभिन्न ९

यूनियन लाइफको जीवन उत्थान बीमा योजना सार्वजनिक, के के छन बिशेषता

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रत्येक तीन बर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नविनतम प्रकारको जीवन उत्थान बीमा योजना सार्वजनिक गरेको छ ।बीमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बीमा गर्ने ब्यक्तिहरुले अधिक लाभ लिन सक्ने देखिएको छ । कम्पनीले सार्वजनिक गरेको जीवन बीमा उत्थान बीमा योजना न्युन आय भएका ब्यक्तिहरु देखि अधिक आय भएका ब्यक्तिहरुले खरिद गर्न सक्ने देखिएको छ । न्यूनतम रु. ५० हजार

नेपाल लाइफ पाठशाला प्रशिक्षण कक्षको शुभारम्भ,प्रदेश सम्म बिस्तार गरिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “नेपाल लाइफ, पाठशाला” नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ। कम्पनीले आज कमलपोखरी स्थित नेपाल लाइफ भवन (सिटी सेन्टर)मा स्थापना गरेको “नेपाल लाइफ, पाठशाला” नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको हो । बीमा समितिका अध्यक्षसूर्य प्रसाद सिलवाल तथा नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले संयुक्त रुपमा उक्त “नेपाल लाइफ पाठशाला” को समुद्घाटन गरेका हुन् । कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख

सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणमा शेयरमा परिमार्जन

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिमार्जन भएको छ। कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गरेको हो ।कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ९ प्रतिशत अर्थात २२ लाख ९५ हजार २५४ कित्ता शेयर सर्वसाधारण शेयरमा परिमार्जन गरेको हो । अब कम्पनीको शेयर समंरचना संस्थापक ५१ प्रतिशत र सर्वसाधारण ४९ प्रतिशत कायम भएको छ ।

एल आई सी नेपाल धनगढी शाखा द्वारा रु ५२ लाख ८० हजार रकमकाे मृत्यदाबी भुक्तानी

एल.आई.सी (नेपाल) लि.धनगढी शाखा बाट अभिकर्ता मन्जु कु.शाही मार्फत बीमा गराउनु भएका स्व.प्रकाश ब शाहका पत्नी श्री ज्ञानु चन्द शाह ज्यु लाई धनगढी शाखाका शाखा प्रबन्धक कृष्ण भट्ट द्वारा एक कार्यक्रम बिच मृत्यु दाबीकाे चेक हस्तान्तरण गरिएकाे छ।शाखा कार्यालयका स्व शाह प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शुरु भएकाे कार्यक्रममा अभिकर्ता मन्जु शाहीले आफ्नाे १८ बर्ष लामाे एल.आई.सी आबद्धताकाे दाैरानमा आफुले बीमा गरेकाे पहिलाे बिमीतकाे काेराेना महामारीका कारण मृत्यु भएकाेमा आफु अत्यन्त

बोनसदरमा चित्त नबुझेपछि नेपाल लाइफका अभिकर्ता आन्दोलित

काठमाडौं । देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज प्रकाशित गरेको बोनसदरमा चित्त नबुझेपछि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध बीमा अभिकर्ताहरुले त्यसको विरोध गरेका छन् । पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र अमात्यले आज प्रेस विज्ञप्ति प्रकाशित गर्दै बोनस दर घटाएर प्रकाशित गरिएको घट्नाले स्तब्ध बनेको उल्लेख गरेका छन् । अमात्यले आज प्रकाशित गरिएको बिज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले लाखौं अभिकर्ता र

राष्ट्र बैंकको निर्देशन नमानेको ले १४ वाणिज्य बैंक कारबाहीमा

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा राष्ट्र बैंकले १४ वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ ।राष्ट्र बैंकको निर्देशन उल्लघन गरेको भन्दै राष्ट्र बैंकको सुपरीवेक्षण विभागले उक्तहरु बैंकलाई कारवाही गरेको हो। तीन महिना अघि मुद्दती निक्षेपको ब्याजदर परिवर्तन गरेको, केही कम्पनीहरुको खाता रोक्का राख्न दिएको निर्देशन पालना नभएको, मुद्दती निक्षेप र साधारण निक्षेपको ब्याजअन्तर ५ प्रतिशतभन्दा बढी राखेको, निर्देशन अनुसार अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात कायम नगरेको  कारण ति बैंकहरु