अर्थतन्त्र

मेगा बैंकले किन्यो १ अर्ब १६ करोडको जग्गा, कर्पोरेट भवन बनाउने

काठमाडौं । मेगा बैंकले प्रधान कार्यालय रहने गरी काठमाडौंमा जग्गा खरिद गर्ने भएको छ । बैंकले १ अर्ब १६ करोड १ लाख रुपैयाँमा काठमाडौंको वडा नम्बरमा ५ मा जग्गा किन्ने भएको हो । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले उक्त जग्गा किन्ने निर्णय गरेको हो । जग्गाको बैना समेत भइसकेको र अब चाडै बैंकको नाममा पास गर्ने तयारी गरिएको छ । अहिले कमलादीको राइजिङ मलमा कर्पोरेट कार्यालय भाडामा बस्दै आएको

सन नेपाल लाइफद्धारा बिमितको घर आगनमै पुगी मृत्यु दाबी भुक्तानी

धनगढी।  सन नेपाल लाइफले मृतक लक्ष्मी डगौराको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बेलौरी नगरपालिका कंचनपुरका मृतक लक्ष्मी डगौराको छोरालाई बीमाङ वापतको रकम र बोनश गरी दाबी वापतको ३ लाख ४३ हजार २ सय रुपैयाँ हस्तान्तरण गरेको हो । उनले कम्पनीमा १५ वर्षे अवधिको बीमा योजना खरिद गरेकी थिइन् । उनले ३ वार्षिक किस्ता समेत बुझाएकी थिइन् । उक्त रकम धनगढी शाखाका शाखा प्रबन्धक लक्ष्मीकान्त जैशीले दिएका हुन्

चौधरी ग्रुपको गत आर्थिक बर्षको राजश्वमा १४ अर्ब २८ करोड रूपैयाँ योगदान

चौधरी ग्रुपले आर्थिक बर्ष २०७७र०७८ मा नेपाल सरकारको राजश्वमा १४ अर्ब २८ करोड रूपैयाँ योगदान गरेको छ। नेपाली कांग्रेसका सांसद एवं उद्यमी विनोद चौधरी नेतृत्वमा सञ्चालित उद्यम व्यवसायबाट एक बर्षमा सरकारी ढुकुटीमा उक्त रकम योगदान भएको हो। पछिल्लो बर्ष नेपाल सरकारको कुल राजश्वमा चौधरी ग्रुपकोयोगदान १ दशमलब ७३ प्रतिशत रहेको छ। कोभिड–१९ का कारण विश्वब्यापी अर्थतन्त्र ओह्रालो लागेर व्यापारिक कारोबारमा गिरावट आएको समयमा ग्रुपले सरकारी ढुकुटीमा उक्त रकम योगदान गरेको

असोज ४ गतेदेखि दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने

दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले ४ असोजदेखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने जानकारी दिए । ‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । धेरै जसो बैंकहरुमा नयाँ नोट पुगिसकेको उनले जानकारी दिए । केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका छन् । हरेक वर्ष दशैंमा

असोज ४ गतेदेखि दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने

होमपेज समाचार बिचार / ब्लग राजनीति सूचना-प्रबिधि स्वास्थ्य खेलकुद अन्तर्राष्ट्रिय मनोरञ्जन सुदुरपश्चिम राष्ट्रिय अर्थतन्त्र अन्तर्वार्ता पत्रपत्रिका सम्पादकीय असोज ४ गतेदेखि दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने       दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले ४ असोजदेखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने जानकारी दिए । ‘क’ वर्गका बैंकहरुले समेत दशैंका

जनताको आर्थिक समृद्धिले प्रदेशको विकास सम्भव

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको आर्थिक समृद्धिबाट मात्र कर्णालीको समग्र विकास हुने बताएका छन् । संयुक्त राष्ट्रसङ्घ नेपालको प्राविधिक सहयोगमा कर्णाली प्रदेश योजना आयोगद्वारा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह २०७८ को’ उद्घाटन गर्दै उनले प्रदेशको विकास यहाँका जनताको आर्थिक समृद्धिसँग जोडिएको बताए । कर्णालीवासीलाई आर्थिकरुपमा सम्पन्न बनाई आत्मनिर्भर बनाउन विभिन्न लक्षित वर्ग विशेष कार्यक्रम सडक, सिँचाइ, स्वास्थ्य, शिक्षालगायतका महत्वपूर्ण क्षेत्रमा जोड दिएका छौँ”, उनले

बजेटमा अर्थ मन्त्रालय हावी भयो, अनुुशासन पनि तोडियो

यतिखेर तीनै तहका सरकारका बजेट अफट्र्याक छन् । राजनीतिक हस्तक्षेप हाबी हुँदा दिगो विकास लक्ष्य र राष्ट्रिय योजना आयोगको १५औँ आवधिक योजनाका कार्यक्रमहरू प्राथमिकतामा पर्न सकेका छैनन् । बजेटमा अन्योल बढेको छ । परिणामतः देश अहिले खर्च अवरोधमा फसेको छ र सरकार बेखर्ची भएको छ । त्यसै पनि बजेट बढी राजनीतिक किचलोको घानमा परेको छ भने अर्कातर्फ बजेटको सिद्धान्त र अनिवार्य सर्तहरू भन्दा बाहिर गएर बनेको आरोप लाग्न थालेको छ

कोरोना बीमाका नाममा ‘ठगी’ : बीमा शुल्क उठाएर भुक्तानी दिएनन्

निर्जीवन बीमा कम्पनीहरुले सर्वसाधारणहरुलाई सास्ती दिएका छन् । कोरोना संक्रमण भएको दाबी पेश गरेको ७ दिनभित्रै रकम भुक्तानी गर्ने भन्दै बीमा कम्पनीहरुले शुरु गरेको कोरोना बीमा योजना अनुसार भुक्तानी नपाउनेको संख्या ठूलो छ । नियमनकारी निकाय बीमा समितिको तथ्यांक अनुसार अहिलेसम्म एक लाख जनाभन्दा बढीले कोरोना बीमावापत पाउनुपर्ने भुक्तानी पाएका छैनन् । शुरुमा केही बीमितलाई भुक्तानी दिए पनि गत फागुनदेखि बीमा कम्पनीहरुले भुक्तानी दिनै ठप्प पारेका छन् । बीमा समितिका

बीमा समितिले धनगढी उप महानगरपालिकामा गर्यो जनचेतनामुलक कार्यक्रम

काठमाडौं । बीमा समितिले धनगढी उप महा नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । धनगढी उप महा नगरपालिकाका सरोकारवालाहरु सँग बीमा सबन्धी जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल ले नेपालको बिमा प्रणली को बारेमा प्रकास पार्नु भएको थियो । उप निर्देशक बिरोध भट्र्ट ले बिमा को दाबिभुक्तानि का बारेमा बिमा गर्दा ध्यान दिनुपर्ने कुराको बारेमा जानकारी गराउनु भएको थियो ।

बीमा समितिले टिकापुर नगरपालिकामा गर्यो जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम

काठमाडौं । बीमा समितिले टिकापुर नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । टिकापुर नगरपालिकाका सरोकारवालाहरु सँग बीमा सबन्धी जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको समितिका उप निर्देशक विरोध भट्टले जानकारी दिए । कार्यक्रममा समितिका उप निर्देशक भट्ट सहित सहायक निर्देशक निश्चलराज बानिया, सहायक प्रथम अनुराग पाण्डेको सहभागिता थियो । त्यस्तै नगरपालिका मेयर, उपमेयर, जन प्रतिनिधिहरु, शिक्षक, स्थानीय तहमा रहेका बीमा कम्पनीहरुको शाखा कार्यालय प्रमुखहरु, किसान, उद्योगी, व्यापारी लगायतको