अर्थतन्त्र

हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर सहमति भाँडियो

काठमाडौं । दुई ठूला बैंकहरु नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर सहमति भाँडिएको छ । मर्जरसम्बन्धी विशेष प्रस्ताव शुक्रबार हिमालयन बैंकको साधारणसभाबाट अस्वीकृत भयो । बैंकका हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर जबराले बैंकका ठूला लगानीकर्ता विपक्षमा उभिएकाले विशेष प्रस्ताव पारित हुन आवश्यक ७५ प्रतिशत बहुमत नपुगेको बताए । ‘विशेष प्रस्ताव पारित हुन ७५ प्रतिशत मत चाहिन्थ्यो, सञ्चयकोषसहितका ठूला लगानीकर्ता विपक्षमा देखिँदा प्रस्ताव पारित हुन सकेन’ उनले भने ।

कोरोना महामारीबाट बच्न बीमकलाई बीमा समितिको पाँच बुँदे निर्देशन

काठमाडौं । बीमा समितिले बीमा कम्पनीलाई कोरोना महामारी फैलिएसँगै सतकर्ता अपनाउन निर्देशन दिएको छ । समितिले कम्पनीहरुलाई ५ बुँदे निर्देशन दिएको हो । समितिले कोरोना महामारी तीव्र रुपमा फैलिएसँगै बीमा कम्पनीहरुलाई संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न तथा गराउन एकमुष्ट रुपमा निर्देशन दिएको हो । समितिले कम्पनीहरुले कार्यालयमा उपस्थित कर्मचारी तथा सेवा ग्राहकहरुमा कोभिड संक्रमण जोखिमलाई कम गर्न भौतिक दुरी कायम गरी कार्य गर्ने वातावरण मिलाउन निर्देशन दिएको छ। त्यस्तै, कार्यालयमा उपस्थित

नेपाल लाइफले आन्दोलित अभिकर्तासँग वार्ता गर्न मानेन, सोमबार सम्पुर्ण शाखा कार्यालयमा ताला लगाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको उच्च व्यवस्थापन तथा सञ्चालकले आन्दोलित अभिकर्ताहरुसँग वार्ता गर्न नमाने पछि उनिहरुले सोमबारदेखि सम्पुर्ण शाखा कार्यालयमा ताला लगाउने भएका छन् । ताला लगाउनु अगाडी आइतबार एक पटक वार्ताका लागि आह्वान गर्ने छन् । यदि आइतबार पनि कम्पनीले केन्द्रिय संघर्ष समितिसँग वार्ता गर्न मानेन भने पत्रकार सम्मेलन नै गरेर ताला लगाउने संघर्ष समितिका संयोजक गणेश अधिकारीले जानकारी दिए । गत बुधबार अभिकर्ता केन्द्रिय संघर्ष समितिले कम्पनीका

नेपाल लाईफको नम्बर वान अभियान प्रतिबन्धित

काठमाडौं । संस्थागत सुशासनको गम्भीर उलंघन सम्बन्धी दुईवटा मुद्दामा बीमा समितिबाट कारवाही गरिएको नेपाल लाईफ इन्स्योरेन्स थप अर्को कारवाहीमा परेको छ । बीमा समितिले संस्थागत सुशासन विपरित विना आधार नम्बर वानको विज्ञापन गरेको भन्दै तत्काल बन्द गर्न निर्देशन दिएको हो । सर्वसाधारणलाई भ्रममा पार्ने गरी नम्बर वानको स्वघोषणा गरेकोमा गम्भीर आपत्ति जनाउँदै नियामक निकाय बीमा समितिले नम्बर एक विज्ञापन अभियान तत्काल स्थगित गर्न निर्देशन दिएको छ । कम्पनीले त्यत्तीकै नम्बर

सूर्या लाइफ इन्स्योरेन्स कर्मचारी संघको अध्यक्षमा रघुनाथ भण्डारी चयन

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कर्मचारी संघको चौथौ महाधिवेशन सम्पन्न भएको छ। कास्कीको हेम्जामा आयोजित दुई दिने महाधिवेशन भव्यताका साथ सम्पन्न भएको हो ।सूर्या लाइफ इन्स्योरेन्स कर्मचारी संघको चौथौ महाधिवेशनले संघको रघुनाथ भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा सुमित सिन्हा, विपुल थापा, महासचिवमा यज्ञ बहादुर बुढाथोकी, सचिवमा तारणी कटुवाल, कोषदक्ष्यमा विजय शर्मा, सदस्यहरुमा गिता बस्नेत, विष्णु ढकाल, रामदत्त भट्ट,मेनुका पौडेल, प्रतिकजंग तामाङ, विष्णु लम्साल, सन्दिप गौतम, सुमन

नेपाल लाईफमा अमित कयालको गैर कानूनी नियुक्ति, नियामक निकाय बीमा समिति नै बन्यो रमिते

काठमाण्डौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष गोविन्दलाल संघाइले आफू निकटको व्यक्तिलाई नियुक्ति गर्न संस्थागत सुशासन निर्देशिका २०७५ को ठाडो उलंघन गरेका छन् । संस्थागत सुशासन निर्देशिका विपरित अध्यक्ष संघाइले बैंक, वित्तीय संस्था वा बीमा क्षेत्रमा विल्कुलै अनुभव नभएका अमित कयाललाई शुरुमा सिधै सहायक महाप्रबन्धक पदमा नियुक्त गरेका हुन् । कयालले २०७७ असार २२ गते यो पदमा करारमा नियुक्ति पाएका हुन् । संस्थागत सुशासन निर्देशिकाको मात्र उलंघन नभएर कम्पनीकै

गरिमा विकास बैंकको धनगढी शाखाले रक्तदान कार्यक्रम गरी मनायो १५ औँ वार्षिकोत्सव

धनगढी । गरिमा विकास बैंक लिमिटेड शाखा कार्यालय धनगढीले १५ औँ वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदान, जीवनदान भन्ने नारासहित बैंकले मंगलबार धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । अस्पतालमा हुने रगत अभावलाई मध्येनजर गर्दै बैंकले आयोजना गरेको रक्तदान कार्यक्रममा ३२ पोइन्ट रगत संकलन भएको बैँकका शाखा प्रमुख यादव प्रसाद पन्त जानकारी दिए । सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले बताए । आफ्नो १५ औँ

हिमालयन रि इन्स्योरेन्सले ३ अर्ब रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने

काठमाडौ । निजी क्षेत्रबाट प्रवद्र्धित पहिलो पूनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्सले आउँदो वर्ष ३ अर्ब रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीको शुक्रबार सम्पन्न प्रथम साधारण सभाले थप ३ अर्ब रुपैयाँ पूँजी जुटाउनको लागी सर्वसाधारणमा शेयर जारी गर्ने निर्णय गरेको हो । गत असार ३१ गतेबाट कारोबार शुरु गरेको हिमालयन रिको संस्थापकहरुले ७ अर्ब रुपैयाँ पूँजी लगानी गरिसकेका छन् ।अधिकृत पूँजी २१ अर्ब रुपैयाँ कायम गर्दै तत्काललाई

फ्युचर बोनसले सूर्या लाइफलाई असर गरेन , बोनसदर स्थिर राख्न सफल

काठमाडौं । फ्युचर बोनसको प्रोभिजनिङको बाबजुद पनि सूर्या लाइफ बोनसदरलाई स्थितर राख्न सफल भएको छ । कम्पनीले बीमा समितिको निर्देशन बमोजिम फ्युचर बोनसको प्रोभिजनिङ गरेको छ । यस्तो व्यवस्थाले गर्दा केहि बीमा कम्पनीको बोनशदर धेरै नै तल झर्ने आकलन गरिएको छ । तर कम्पनीले बोनसदरलाई नघटाइ अघिल्लो आर्थिक वर्ष २०७५र७६ कै बोनसदरलाई निरन्तरता दिन सफल भएको हो । कम्पनीको आर्थिक वर्ष २०७६र२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय

गुराँस लाइफ इन्स्योरेन्सको सिईओमा बिपिन कुमार लाल नियुक्त

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा बिपिन कुमार लाल नियुक्त भएका छन् ।कम्पनीको असोज ३१ बसेको सम्पन्न बैठकले (सिईओ) मा बिपिन कुमार लाललाई नियुक्त गरेको हो । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले स्वीकृती र कम्पनीको संचालक समितिले कातिक ३ गते देखि लागु हुने गरि उनलाई सिईओमा नियुक्त गरेको हो । सिईओ बिपिन कुमार लाल यसअघि एलआइसी नेपालमा आवद्ध थिए ।