स्वास्थ्य

धनगढीमा समुदायस्तरमा कोरोना परीक्षण गरिँदै

धनगढी । धनगढी उपमहानगरपालिकामा दिन प्रतिदिन समुदाय स्तरमा कोराना देखिन थालेपछि धनगढी उपमहानगरपालिका भोली देखि समुदाय स्तरमा कोरोना परिक्षण गर्ने तयारी शुरु गरेको छ । धनगढीमा भोली देखि थप ५ दिन निषेधाज्ञाको समय थप गरी समुदाय स्तरमा परिक्षणको दायरा बउाउँने तयारी भएको धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले बताए । उप–महानगरमा संक्रमण पुष्टि भएका झण्डै २२ प्रतिशत भन्दा बडी संक्रमित स्थानीय रहेका छन् । धनगढीमा स्थानीय संक्रमितको संख्या ४८ पुगेको

सङ्क्रमित महिलाले जन्माइन् जुम्ल्याहा

भरतपुर । चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना सङ्क्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ । गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षकी गर्भवतीमा भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी भदौ ८ गते अस्पताल भर्ना भएकी थिइन् । आमाको सङ्क्रमण बच्चालाई नसरोस् भनेर अलग्गै राखिएको भरतपुर अस्पताल प्रसूति विभागका चिकित्सक डा। रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । आमाको कोरोना

विनोद चौधरी कोरोनाबाट संक्रमित

काठमाडौं । उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । उहालाई शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् ।

कैलालीमा १० जना बैंकका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

धनगढी । कैलालीमा बैंकका १० कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। ११ दिनको अवधिमा १० जना बैंकका कर्मचारीलाई संक्रमण पुष्टि भएको हो। सिविल बैंक र ग्लोवल आइएमई बैंकका चार र चार जना, कृषि विकास बैंक र सानिमा बैंकका एक र एक जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो। पहिलो पटक भदौ १ गते धनगढीमा रहेको ग्लोबल आईएमई बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो। बैंकमा कार्यरत २६ वर्षीय युवकमा संक्रमण देखिएको

कारबाही गर्न थालेपछि मास्क प्रयोग गर्ने बढे

डोटी । मास्क प्रयोग नगरी सार्वजनिक स्थान तथा बजारमा हिडडुल गर्नेलाई प्रहरीले कारबाही गर्न शुरु गरेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्न थालेपछि सार्वजनिक स्थान, बजार तथा पशलमा मास्क प्रयोग नगरी हिडडुल गर्नेलाई जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलको ३६ नम्बर गणबाट खटिएको प्रहरी टोलीले चेतावनी स्वरुप रु १०० जारीवाना तिराउन शुरु गरेको हो । फिल्डमा खटिएको प्रहरी टोलीले बिहीबारसम्म कम्तिमा पनि ४०० भन्दाबढी मास्क प्रयोग नगरी

सङ्क्रमण अझ बढ्ने स् स्वास्थ्य मन्त्रालय

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण आगामी केही दिनमा थप वृद्धि हुने आँकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले सङ्क्रमण दर दिनप्रतिदिन बढिरहेकाले केही दिनमा थप वृद्धि हुने बताउनुभयो । उहाँले सङ्क्रमण वृद्धि भएसँगै थप चुनौतिको सामाना गर्नुपर्ने धारणा राख्नुभयो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र घनाबस्ती भएको ठाउँमा अहिले सङ्क्रमण बढीरहेको उहाँको भनाइ छ । उहाँले सङ्क्रमण देखिएपछि आइसोलेसनमा

कर्णालीका ३९ स्थानीय तहमा अस्पताल बनाउने सरकारको तयारी

कर्णाली । कर्णाली प्रदेशका ३९ स्थानीय तहमा अस्पताल सञ्चालनका लागि नयाँ भवन निर्माण गरिने भएको छ । गाउँगाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सङ्घीय सरकारले प्रदेशका १० वटै जिल्लाका विभिन्न स्थानीय तहमा अस्पताल भवन निर्माणको योजना ल्याएको हो । हरेक स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल बनाउने सरकारको नीतिअनुसार चालू आर्थिक वर्षमा कर्णालीमा ३९ अस्पताल भवन निर्माण गरिनेछ । सुर्खेत–२ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले

प्रहरीको कुटाइबाट मृत्यु भएको आरोप

रौतहट । साथीको हत्या काण्डमा संलग्न रहेका आरोपमा पक्राउ परेका सातमध्ये एक जनाको मृत्युु भएको छ । प्रहरी हिरासतमा रहेका गरुडा नगरपालिका–८ जिंगडिया टोलका १९ वर्षीय विजयराम चमारको गए राति मृत्युु भएको हो । सोही ठाउँका २० वर्षीय निरञ्जन राम चमारको हत्यामा संलग्न रहेका भनिएका विजयरामको उपचारका क्रममा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा बुधबार राति १२ः३० बजे मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भरत श्रेष्ठले जानकारी दिनुभयो । हत्या आरोपमा पक्राउ

बाँकेमा कोरोनाबाट ७० वर्षीयाको मृत्यु

काठमाडौँ । बाँकेमा कोरोना सङ्क्रमणबाट आज थप एक ७० वर्षीयाको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ निवासी महिलाको आज बिहान १०ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ३ गते बिहान १० बजे नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा ती महिलालाई भर्ना गराइएको थियो

पोखरामा कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको मृत्यु

कास्की । पोखरा महानगरपालिका–११ निवासी कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको उपचारको क्रममा आज मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्की । अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत महिलाको बिहान ८ः०० बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले विज्ञप्ती जारी गरी जानकारी दिनुभयो । गत भदौ ७ गते कोरोना पुष्टि भइ ती महिला अस्पतालमा भर्ना भएकामा बुधबार राति अवस्था गम्भीर भएपछि भेन्टीलेटरमा