सर्वोच्चको फैसलाले ब्यूँतियो एमाले र माओवादी केन्द्र
काठमाडौँ । सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेज गरेसँगै एमाले र माओवादी केन्द्र ब्यूँतिएको छ। सर्वोच्च अदालतले ऋषि कट्टेलद्वारा दायर भएको नेपाल कम्युनिस्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भइसकेको अवस्थामा सोही पार्टीसँग नाम मिल्ने गरी नयाँ पार्टी दर्ता गर्न नमिल्ने आदेश दिँदै साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत