समाज/अपराध

यसरी पक्राउ परिन् भारतमा वेश्यावृत्ति चलाउने नुवाकोटकी चमेली

काठमाडौँ, नेपाली महिलाले भारतमा कोठी सञ्चालन गरेको फेला परेको छ। उनले नेपालबाट महिलालाई लैजाने र वेश्यावृत्तिमा लगाउने गरेको खुलेको हो। प्रहरीले भारतमा कोठी सञ्चालन गर्ने मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोटको साविक गाउँखर्क गाविस ९ की ६२ वर्षीया रुकमाया तामाङ (चमेली) लाई पक्राउ गरेको छ। उनले सीता तामाङका नाममा मानव बेचबिखन गर्ने गरेको खुलेको हो। उनले भारतको नयाँ दिल्लीस्थित जिबी रोडको ५६ नम्बर गल्लीमा कोठी सञ्चालन गरेको पत्ता

भागरथीका दोषीलाई पुर्याइयो बाल सुधारगृह

काठमाडौँ, बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहरिएका दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधारगृहमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार उनलाई बिहीबार बालसुधार गृहमा ल्याइएको हो। जिल्ला अदालत बैतडीले १६ वर्ष उमेर भएका कारण दिनेशलाई पुर्पक्षका लागि सुधारगृहमा राख्न आदेश दिएसँगै उनलाई डोटीको सिलगढीस्थित सुधारगृहमा राखिएको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने

१ लाख पचास हजार घुष नगदसहित कर अधिकृत पक्राउ

धनुषा, घुस रकमसहित आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत पक्राउ परेका छन्। बुधबार साँझ अन्नपूर्ण होटेलमा बसेर एक लाख ५० हजार घुस रकम लिइरहेको अवस्थामा कर अधिकृत रमेश ढकाल र विचौलिया नवीन कर्ण पक्राउ परेका हुन्। उनीहरुलाई सेवाग्राहीबाट घुस रकम लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिवासले जनाएको छ। दुवै जनाले एकजना डिष्टिलरी उद्योगीसँग कर वापतको रकम मिलाइदिने नाममा घुस लिएको अख्तियारका अधिकारीले जानकारी दिएका छन्। उनीहरुमाथि थप

सपना रोकालाई धम्की दिने बस्नेत ५० हजार धरौटीमा रिहा

काठमाडौँ, काठमाडौँमा वेवारिसे लासको व्यवस्थापन गरिरहेकी सामाजिक अभियान्ता सपना रोका मगरलाई धम्की दिएको आरोपमा पक्राउ परेका विनयजंग बस्नेतलाई काठमाडौँ जिल्ला अदालतले ५० हजार धरौटीमा रिहा गरेको छ। जिल्ला अदालतले साइबर अपराधमा ४० हजार र अभद्र व्यवहार कसूरमा १० हजार गरी ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो। बस्नेत बुधबार नै धरौटी बुझाएर रिहा भएका महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। महानगरीय प्रहरी परिसर, काठमाडौँले बस्नेतमाथि अनुसन्धान सकेर मंगलबार

भागरथी हत्या प्रकरणका आरोपित दिनेशलाई सुधारगृह पठाउन आदेश

बैतडी,  किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ । दिनेशमाथि सोही गाउँकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कार र हत्या गरेको आरोप लागेको हो । दिनेशलाई सरकारी वकिल कार्यालयले मङ्गलबार अदालत बुझाएको थियो । अदालतले दिनेशलाई १८ वर्ष नपुगेकाले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले

सेनाको कारबाहीमा २१ तालिबान लडाकू मारिए

काबुल, अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा २१ जना तालिबान लडाकू मारिनुको साथै अन्य १३ जना घाइते भएका छन् । तालिबान लडाकू लुकेर बुसेको इलाकालाई लक्ष्यगरी गरिएको यस सैनिक कारबाहीलाई सघाउन अफगान हवाईबलले पनि मद्दत गरेकोे सेनाले मङ्गलबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिका अनुसार कान्दाहारको आर्घान्दाब र झारी जिल्लालाई लक्ष्यगरी सो कारबाही भएको थियो । कारबाहीको क्रममा सेनाले विद्रोही तालिबानले योजना गरेको बारुदी सुरुङ र विस्फोट

२३ वर्षपछि रातो टीका र पछ्यौरी

तनहुँ, तनहुँको म्याग्दे गाउँपालिका–३ साउनेपानी निवासी पदममाया थापाले २३ वर्षअघि श्रीमान् गुमाउनुभयो । श्रीमान् बित्दा उहाँको काखमा पाँच वर्षकी छोरी थिइन् भने कोखमा पाँच महिने छोरा । उहाँलाई सहारा दिने आफन्त कोही थिएनन् । पति गुमाउनुको पीडा एकातिर थियो नै, समाजको हेपाइ पनि उत्तिकै । सङ्घर्षले छोरा छोरी हुर्काउनुभयो, बढाउनुभयो र पढाउनुभयो । अहिले तिनै छोराछोरी पदममायाको सहारा बनेका छन् । श्रीमान्को मृत्युपश्चात् कहिल्यै पनि रातो टीका नलगाएकी उहाँले २३

नरैनापुरमा २२ घर जलेर पूर्णरुपमा नष्ट

बाँके, बाँकेको नरैनापुर गाउँपालिका–१, सुइयामा सोमबार आगलागी हुँदा २२ घर जलेर नष्ट भएका छन् । गाउँपालिकाको दलित बस्ती सुइँयामा भएको आगलागीबाट २२ घर जलेर पूर्णरुपमा नष्ट भएको घटनास्थल पुगेर फर्केका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनुभयो । मनिजर पासीको कच्ची घरबाट लागेको आगो क्रमशः गाउँका अन्य घरमा पनि सल्किएपछि ठूलो क्षति भएको स्थानीयवासीको बताएका छन् । सोमबार बिहान ११ बजे शुरु भएको आगलागी स्थानीय र प्रहरीको सहयोगमा २ घण्टामा

बङ्गलादेश बाट रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

काठमाडौँ, नेपाल र बङ्गलादेश सरकार (सरकार–सरकारबीच, जिटुजी) सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल आजसाँझसम्म नेपाल आइपुग्ने भएको छ । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मलमध्येमा पहिलो लटमा दुई हजार ५०० टन मल नेपाल आइपुग्ने भएको हो । मल खरीदको जिम्मा पाएको कृषि सामग्री कम्पनीका अनुसार कोलकातामा ल्याइएको २२ हजार ५०० टन रासायनिक मलमध्येमा आज बेलुका वा मङ्गलबार बिहानसम्म दुई हजार ५०० टन मल नेपाल आइपुग्नेछ । कोलकाताबाट रेलका ४२

११ लाख रुपैयाँ घुससहित प्रहरी हबल्दार पक्राउ

काठमाडौँ,  प्रहरी हबल्दार तारा कुमारी श्रेष्ठलाई ११ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत उनलाई आइतबार नियन्त्रणमा लिएको हो। श्रेष्ठले लिएको घुस रकम राखिदिएका चाबहिलस्थित ओल्ड टाउन क्याफे एण्ड पब रेष्टुरेन्टका सञ्चालन अनिस जोशीलाई समेत अख्तियारले पक्राउ गरेको छ। आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार श्रेष्ठले भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको