समाज/अपराध

यात्रु तानातान गरी जथाभावी भाडा माग्ने, बिचौलिया पक्राउ

भरतपुर, जिल्ला प्रहरी कार्यालय चितवनले यात्रु तानातान गर्ने छ जना बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ बेँसीशहर–८ का २२ वर्षीय अमृत परियार, चितवन भरतपुर महानगरपालिका–१० का ४० वर्षीय वसन्त रानामगर, भरतपुर–१२ का ४२ वर्षीय सुजन थापामगर, भरतपुर–११ का ३२ वर्षीय दिलीप अधिकारी, भरतपुर–४ का २५ वर्षीय रोशन खत्री र कास्की पोखरा महानगरपालिका–२६ का २५ वर्षीय निशान तामाङ रहेका छन् । उनीहरुलाई नारायणगढको पुल्चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ

लहानमा बिस्फोट गराएको आरोपमा एक पक्राउ

लहान, कर्मचारीसहित आठ घाइते हुने गरी सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा आज साँझ सशस्त्र प्रहरीको टोली एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका–१८ भदैयाका २८ वर्षीय बलराम मण्डल रहेका छन् । मालपोत कार्यालयमा जडान गरिएको सिसिटिभी क्यामेराको आधारमा मण्डलकै संलग्नता रहेको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बेश क्याम्प सुखीपुरबाट खटिएको टोलीले सुखीपुर नगरपालिका–२ विद्यानगरबाट मण्डललाई पक्राउ गरिएको सिरहाका सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र

१३ वर्षिया बालिका बलात्कृत, दोषी पक्राउ

स्याङ्जा,  १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्याङ्जाका एकजना युवक पक्राउ परेका छन्। स्याङ्जाको हरिनास गाउँपालिका(७ का ३३ वर्षीय भेलबहादुर थापा पक्राउ परेका हुन्। थापाले बालिकालाई बलात्कार गरी गर्भवतीसमेत गराएको भनी उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख, एसपी होबीन्द्र बोगटीका अनुसार थापामाथि जबरजस्ती करणी मुद्दा चलाइ त्यसका लागि स्याङ्जा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराइ थप अनुसन्धानको तयारी

फरार बयालिस प्रतिवादी जेल चलान

काभ्रेपलाञ्चोक, जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकले विभिन्न आपराधिक घटनामा संलग्न भई फरार रहेका ४२ प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतले मुद्दाको फैसलापछि फरारमा सूचीकृत ४२ प्रतिवादीलाई पक्रेर कैद तथा जरिवाना बेरुजु फछ्र्योटका लागि जिल्ला अदालत धुलिखेलमार्फत प्रहरीले कारागार चलान गरेको हो । पक्राउ परेकामा दुईदेखि छ वर्षसम्म फरार रहेकासमेत छन् । काभ्रेपलाञ्चोक प्रहरीले फागुन महिनामा फरार प्रतिवादी पक्राउ अभियान नै सञ्चालन गर्दा विभिन्न मुद्दाका ४२ फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी

सिरहा बम विस्फोटमा गम्भीर घाइते भएकालाई काठमाडौँ पठाइयो

काठमाडौँ, सिरहाको मालपोत कार्यालयमा आइतबार दिउँसो भएको विस्फोटमा घाइते भएकालाई काठमाडौँ ल्याइएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत ५ जनालाई काठमाडौँ ल्याइएको छ। विस्फोटमा ७ जना घाइते भएका थिए। घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक छ। उनीहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। गम्भीर घाइते हुने सेवाग्राही रहेको प्रहरीले बताएको छ। घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिए पनि अहिले सम्म कसैले पनि औपचारिक रुपमा घटनाको जिम्मेवारी लिएको

अपहरण र हत्याको आरोपमा प्रहरी अधिकारीमाथि मुद्दा दर्ता

एजेन्सी, बेतायतमा ३३ वर्षीया महिलाको अपहरण तथा हत्याको आरोपमा प्रहरीका एक अधिकारीमाथि मुद्धा दर्ता भएको छ। लण्डन महानगरका अधिकारीमाथि अपहरण र हत्याको मुद्धा दर्ता भएको हो। ४८ वर्षीय वायन कुजेन्समाथि ३३ वर्षीया सारा एभरेडको अपहरण र हत्या गरेको आरोपमा मुद्धा दर्ता भएको छ। मेट्रो पुलिस अधिकारी कुजेन्स शनिबार वेस्टमिनिस्टर मागिस्ट्राटेस अदालतमा उपस्थित भएका थिए। उनी अहिले प्रहरीको हिरासतमा रहेका बेलायती सञ्चारमाध्यमले जनाएका छन्। अर्को सुनुवाई मार्च १६ मा हुने जनाइएको

सिराहा मालपोत कार्यालयमा बम विस्फोट– पाँच घाइते, एकजना गम्भीर

काठमाडौँ, जिल्ला मालपोत कार्यालय सिराहामा बम विस्फोट भएको छ। मालपोत कार्यालयको प्रांगणमा बम विस्फोट भएको हो। विस्फोटमा परी ५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माका अनुसार एक जनाको अवस्था गम्भीर रहेको छ। लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको हो। कसले विस्फोट गराएको हो भन्ने खुलेको छैन।

अवैध हतियारसहित एक पक्राउ

राँझा, जिल्ला प्रहरी कार्यालय बाँकेले राप्तीसोनारी गाउँपालिकाबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । राप्तीसोनारी गाउँपालिका–५ स्थित जबरपुरमा खोजतलासका क्रममा अत्याधुनिक हतियारसहित सोही गाउँ निवासी ६८ वर्षीय ऋषिराम थारूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धामपुरका प्रमुख प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारूले जानकारी दिनुभयो । उहाँका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दा ऋषिरामको घरबाट भरुवा बन्दुक दुई थान, छोरा ओमप्रकाश थारूको घरबाट एक थान बारबोर बन्दुक र

शव फेला

गोदावरी, कैलालीको गोदावरी नगरपालिका–५ गेटामा एक पुरुष मृत फेला परेका छन् । धनगढी–अत्तरिया सडक छेउको नालामा पानीमा तैरिएका अवस्थामा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । मृत अवस्थामा फेला परेका उनी कञ्चनपुरको भीमदत्त नगपालिका–५ का मोहनबहादुर चन्द रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । मृतकको साथमा भेटिएको सवारी चालक अनुमतिपत्रका आधारमा शवको सनाखत भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिनुभयो

अफगानिस्तानको हेरातमा कारबम बिस्फोट, आठ जना मारिए

हेरात, पश्चिम अफगानिस्तानमा शुक्रबार भएको एक शक्तिशाली कारबम बिस्फोटमा परेर कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अरु दर्जनौं व्यक्ति घाइते भएका छन् । सर्वसाधारणलाई लक्षित गरी आक्रमण भएको भन्दै संयुक्त राष्ट्रसङ्घले निन्दा एवं खेद व्यक्त गरेकै समय पछिल्लो आक्रमण भएको छ । हेरातस्थित प्रहरी मुख्यालयलाई लक्षित गरी कारबम बिस्फोट गराइएको प्रहरीले जनाएको छ । हेरातका प्रान्तीय गभर्नरका प्रवक्ता जेलानी फरहादका अनुसार बम बिस्फोटबाट दर्जनौं घर र पसलहरु नराम्रोसँग क्षतिग्रस्त