अपहरण र हत्याको आरोपमा प्रहरी अधिकारीमाथि मुद्दा दर्ता


एजेन्सी, बेतायतमा ३३ वर्षीया महिलाको अपहरण तथा हत्याको आरोपमा प्रहरीका एक अधिकारीमाथि मुद्धा दर्ता भएको छ। लण्डन महानगरका अधिकारीमाथि अपहरण र हत्याको मुद्धा दर्ता भएको हो।

४८ वर्षीय वायन कुजेन्समाथि ३३ वर्षीया सारा एभरेडको अपहरण र हत्या गरेको आरोपमा मुद्धा दर्ता भएको छ।

मेट्रो पुलिस अधिकारी कुजेन्स शनिबार वेस्टमिनिस्टर मागिस्ट्राटेस अदालतमा उपस्थित भएका थिए। उनी अहिले प्रहरीको हिरासतमा रहेका बेलायती सञ्चारमाध्यमले जनाएका छन्। अर्को सुनुवाई मार्च १६ मा हुने जनाइएको छ।

एभरेड मार्च ३ मा दक्षिण लण्डनको क्लाप्हाम हिँडिरहेका बेला बेपत्ता भएकी थिइन्। त्यसपछि प्रहरीले सो क्षेत्रमा उनको खोजी गरेको हो । प्रहरीले उनको शव फेला पारेसँगै अहिले पोस्टमार्टम भइरहेको जनाइएको छ।

प्रहरी जवान कुजेन्सलाई मंगलबार पक्राउ गरिएको थियो उनीमाथि शुक्रबार अभियोग दर्ता भएको हो। सुरक्षित ठानिनु पर्ने निकायबाटै असुरक्षित भएको भन्दै महिलाहरुले प्रदर्शन गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *