धनगढीमा उपभोग्य बस्तुको मूल्य वृद्धि, बजार अनुगमन नहुँदा उपभोक्ता मारमा
चाडबाड नजिकिए सँगै धनगढी बजारमा दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धि हुने क्रम बढ्न थालेको छ । अहिले नेपालीहरूको महान् चाड दसैँ, तिहार छठ लगायतका पर्वहरू नजिकिँदै गर्दा धनगढीका विभिन्न पसलहरूमा समानहरूको मूल्य वृद्धि भइरहेको उपभोक्ताहरूको गुनासो रहेको छ । पछिल्लो समय धनगढीका बजारहरूमा अनुगमन फितलो हुँदा किराना समान, लुगा कपडा लगायतका अन्य दैनिक उपभोग्य समानहरूमा व्यापारीहरूले मूल्य वृद्धि गर्दै आएको धनगढीमा डेरा गरी बस्दै आएका कृष्ण बोहराले गुनासो गरेका छन् ।