राजनीति

झापा ५ : ओली अघिल्लो जीतभन्दा फराकिलो मतान्तरले पछाडि

काठमाडौं , एमाले अध्यक्ष केपी शर्मा ओली अघिल्लो पटक आफूले पराजित गरेका निकटतम प्रतिस्पर्धीको भन्दा फराकिलो मतान्तरले  बालेन शाहसँग पछाडी परेका छन् । बालेन शाहले ३९ हजार २८४ मत पाउदा ओलीले १० हजार २९३ मतमात्रै पाएका हुन् । अहिले मतगणना जारी छ । यो २८ हजार ९९१ मतको फरक हो । अघिल्लो निर्वाचनमा ओली २८ हजार ५७६ मतको फरकले निर्वाचित भएका थिए । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले ५२ हजार

डोटीमा कांग्रेसका भरतबहादुर खड्का विजयी

फागुन, काठमाडौं । सुदूरपश्चिमको डोटीमा नेपाली कांग्रेसका उम्मेदवार  भरतबहादुर खड्का विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपकबहादुर धामीलाई ७८७ मतको झिनो मतले हराउँदै विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेस उम्मेदवार खड्का १४ हजार ८९७ मतसहित निर्वाचित भएका छन् । एमाले उम्मेदवार धामीले १४ हजार ११० मत पाएका छन् ।

कैलाली–१ मा रास्वपाकी ज्ञवाली विजयी

धनगढीः प्रतिनिधि सभा कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार कोमल ज्ञवाली विजयी भएकी छिन्। ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गरी विजयी भएकी हुन्। ज्ञवालीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले १२ हजार ९४५ मत प्राप्त गरेका छन्। टीकापुर नगरपालिकाको नगर प्रमुखको पदबाट राजीनामा दिएर नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका रामलाल डगौराले आठ हजार ३९२ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले चार हजार ४९३ मत पाएका

डडेलधुरामा राष्ट्रिय स्वतन्त्र पार्टीका जोशीको अग्रता

डडेलधुराः डडेलधुरामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ताराप्रसाद जोशीले ११ हजार ८०१ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका नैनसिंह महरले ७ हजार ७२८ मत पाएका छन् भने नेपाल कम्युनिष्ट पार्टीका मानसिंह माल ५ हजार ७८४ मत ल्याएका छन् त्यस्तै नेकपा (एमाले) का चक्रप्रसाद स्नेहीले २ हजार २९५मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द खडायतले २४५ मत पाएका छन्। एक मात्र

रास्वपा परित्याग गरेका नेताहरूले गरे देश बुझेका पुराना व्यक्तिलाई मत दिन अाग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेताहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ‘देश बुझेका पुराना व्यक्तित्व’लाई मत दिन मतदातासँग आग्रह गरेका छन्। शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनीहरूले चटकदार अनुहार र भावनात्मक नाराभन्दा नीति, अनुभव र देशबोधका आधारमा निर्णय लिन अपिल गरे। रास्वपाबाट  अलग भएका बागमती प्रदेशका पूर्व उपसभापति दिनेश हुमागाईंले अध्ययन–विश्लेषण गरेर मात्रै मतदान गर्नुपर्नेमा जोड दिए। उनले रास्वपा आफ्नो मूल सिद्धान्त र नीतिबाट

उर्जा मन्त्री कुलमान घिसिङले दिए मन्त्री पदबाट राजीनामा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले केहीबेरअघि प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएसँगै उनलाई प्रधानमन्त्री कार्कीले बिदाइ पनि गरेकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् । विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक हुँदै मन्त्री घिसिङले आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी दर्ता गराएका घिसिङले १४ पुसमा राष्ट्रिय स्वतन्त्र

संघीय गणतान्त्रिक गठबन्धनको ऐतिहासिक अभियान लुम्बिनीबाट

काठमाडौं , संघीय गणतान्त्रिक गठबन्धनको ऐतिहासिक राजनीतिक अभियान अन्तर्गत लुम्बिनी प्रदेशको शंकरपुर पालीनन्दन गाउँपालिका वडा नम्बर १, शंकरपुर मा भव्य जनभेटघाट तथा चुनावी प्रचार–प्रसार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले उत्पीडित, बहिष्कृत र सीमान्तकृत समुदायको राजनीतिक सत्ता यात्रालाई नयाँ दिशा दिएको सहभागीहरूको निष्कर्ष रहेको छ । कार्यक्रममा पूर्वगृह राज्यमन्त्री, नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा संविधानसभा सदस्य मो.रिजवान अन्सारी प्रमुख अतिथिका रूपमा सहभागी थिए । त्यस्तै बहुजन एकता पार्टीका

बालबालिकाको प्रतिभा पहिचान गरी प्रेरित गर्न जरुरीः प्रदेश प्रमुख भट्ट

पोखरा, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिकाको सर्वाङ्गिण विकासका लागि ख्याल गर्नुपर्ने बताउनुभएको छ । उहाँले सानै उमेरमा उनीहरुमा अन्तरनिहित प्रतिभाको पहिचान गरी प्रेरित गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । नेशनल प्याब्सन, कास्कीको आयोजनामा पोखरामा सञ्चालित दोस्रो बृहत् बालप्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै प्रदेश प्रमुख भट्टले महोत्सवले बालबालिकाको सर्वाङ्गिण विकासमा योगदान दिने अपेक्षा गर्नुभयो । ‘आजको समय सिर्जनात्मकता, नवीनता र समस्या समाधान क्षमताले भरिएको छ । बाल

सुमनाले छोडिन् रास्वपा

काठमाडौं , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् ,’ अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’ पार्टी केन्द्रीय समितिलाई जानकारी गराउँदै उनले पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्न तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको उनको भनाइ छ । उनले आफूलाई यो स्वीकार्य नभएकोले पार्टी छोडेको जानकारी

सुशिला कार्की प्रधानमन्त्रीमा नियुक्त, शपथ लगत्तै संसद विघटन

काठमाडौं ,राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीलाई नेपालको प्रधानमन्त्रीमा नियुक्ती गरेका छन् । आजै नौ बजे राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहका बीचमा राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम तय भइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ । आजै सिंहदरवार पुगेर कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गर्नेछन् । आजै कार्कीले पहिलो निर्णयको रुपमा मौजुदा संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपति पौडेल समक्ष गरेपछि राष्ट्रपतिले संसद विघटन गर्नेछन् । जेनजी आन्दोलनकारीहरुको