राजनीति

प्रधानमन्त्री ओलीले धनगढीमा सम्बोधनका क्रममा के-के भन्नुभयो ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गणतन्त्र, लोकतन्त्रका लागि आफू ५० वर्ष संघर्ष गरेकाले त्यसमा कुनै खतरा नआउने प्रष्ट पार्नुभएको छ । नेकपा सुदूरपश्चिम स्तरीय वृहत आमसभालाई शुक्रबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभयो । आफू लोकतन्त्र र गणतन्त्रका लागि लामो संघर्ष गरेर आएको व्यक्ति भएकाले त्यस्तो कल्पना पनि नगर्न सबैमा आग्रह गर्नुभयो । सरकारको कदम असंवैधानिक हो भन्नेहरुलाई संविधान पढ्न उहाँले आग्रह

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बोहराले दिए राजीनामा

धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपडबहादुर बोहोराले राजीनामा दिएका छन् । नेकपा विभाजन हुँदा केपी शर्मा ओली समूहमा लागेका उनले बुधबार पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेका हुन् । उनी ओली समूहले बनाएको ११९९ सदस्यीय केन्द्रीय कमिटीको सदस्य समेत हुन् । ओली समूहमा लागेका भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहोरालाई हालै मात्र मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए । ५३ सदस्यीय प्रदेशसभामा नेकपाका ३९ सांसद थिए ।

यी हुन् प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकका निर्णय

काठमाडौं। नेकपाको पुुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको सोमबार बसेको स्थायी कमिटी बैठकले संसद् विघटनविरुद्धको केन्द्रीय संघर्ष समितिको सह–संयोजकमा पम्फा भुसाल र गणेश शाहलाई चयन गरेको छ। यसअघि संघर्ष समितिको सह–संयोजकमा योगेश भट्टराई मात्रै थिए। बैठकले प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध अन्य पार्टीहरूलाई जोडेर संयुक्त संघर्षको पहल जारी राख्ने निर्णय गरेको संघर्ष समितिका संयोजक एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। यो समूहले शनिबार दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको

ओलीसँगै देउवा पनि बढारिन सक्छन् स् रामचन्द्र पौडेल

पोखरा। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई अब आउने आँधीवेरीले बहाउन सक्ने बताएका छन्। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पौडेलले यस्तो बताएका हुन्। नेपाली कांग्रेस कास्कीले ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै पौडेलले पार्टी भित्रकै साथीहरुले अहिले धेरै बोल्न हुँदैन भनेको बताए। आफूले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा आन्दोलनमा जानुपर्छ भनेको बताए। संविधान जोगाउनका लागि कांग्रेसले सबै किसिमका प्रयास गर्नुपर्ने उनको भनाइ छ।

सुदूरपश्चिम प्रदेशसभामा ओली पक्ष अल्पमतमा

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभामा नेकपाका अध्यक्ष केपी शर्मा ओली भारी अल्पमतमा परेका छन् । ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा नेकपाका ३९ जना सांसदहरु छन् । तीमध्ये प्रचण्ड–माधव पक्षमा ३० जना सांसद छन् । यस्तै ओलीको पक्षमा ६ जना सांसद मात्र छन् । सुदूरपश्चिम प्रदेश नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्टले आह्वान गरेको बैठकमा सहभागी भएकामध्ये ६ जना प्रदेश सभा सदस्यहरुले बैठकको निर्णयमा हस्ताक्षर नगरेर प्रधानमन्त्री ओलीको

राष्ट्रपति कार्यालयले सर्वोच्चमा संसद विघटनको जवाफ आज पेस गर्दै

काठमाडौं । राष्ट्रपति कार्यालयले संसद विघटन सम्बन्धमा सर्वोच्च अदालतले मागेको लिखित जवाफ आज बुझाउँदै छ । संसद् विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ पेस गर्न आज पुस १९ गतेसम्मको समयसीमा दिएको थियो। राष्ट्रपति कार्यालय स्रोतले अनलाइनखबरसँग भन्यो, ‘हाम्रो संवैधानिक कानुनी परामर्श सबै सकियो, हामी आज जवाफ पेस गर्दैछौं ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही

केहि दिन भित्रै दत्तु–थाप्ला सडक संचालनमा ल्याउछौ नगर प्रमुख भट्ट

दार्चुला । महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले अबको केहि दिन भित्रै दत्तु थाप्ला सडक संचालनमा ल्याउने बताउनु भएको छ । शहरी स्वास्थ्य ईकाइ केन्द्र उद्घाटनमा नगरपालिकाको वडा नम्बर ९ थाप्ला पुग्नु भएका नगर प्रमुख भट्टले दत्तु देखी थाप्ला सम्म ट्रयाक खुलेको सडक संचालनमा ल्याई जनतालाई सवारी सुविधा उपलब्ध गराउने प्रतिबद्धता गर्नु भएको हो । विकास विरोधीहरुले सडक संचालनमा कुनै अबरोध नपु¥याए १५ दिन भित्रमा ट्रयाक खुले सम्म गाडी गुडाउने थाप्लाका

समाजवादोन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारीमा नेकपाः अध्यक्ष दाहाल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादोन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिष्ट पार्टीकै काँधमा भएको बताउनुभएको छ । नेपाली काँग्रेस परित्याग गरी नेकपा प्रवेश गर्नुभएकी नेतृ कौसर साहसहित १०९ नेता तथा कार्यकर्तालाई आज दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष दाहालले भन्नुभयो, “हाम्रो पार्टीभित्र चल्ने बहस र छलफल त्यही समाजवादतिरको यात्राका लागि हुन् । समाजवादतिरको यात्रामा

महाधिवेशनको मिति सार्दै कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन कार्यतालिका कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित भएपछि महाधिवेशनको मिति संशोधन गर्ने तयारी गरेको छ। कांग्रेसले गत असार २२ गते केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरेको थियो । कोभिड–१९ कारण कार्यतालिकाअनुसारको क्रियाशीय सदस्यता र पार्टीको अन्तरिम संरचना समायोजन तालिका प्रभावित भइसकेको छ । पार्टीको क्रियाशीय सदस्यता वितरण र नवीकरण कार्य निर्धारित समयमै सम्पन्न नभएपछि अन्य अधिवेशन

शिक्षकको हत्या गर्नेलाई कारबाही गर्न नेविसंघको माग

काठमाडौँ। मोरङको मिक्लाजुङ् गाउँपालिका १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापकका हत्यारालाई कारबाही गर्न माग गरेको छ । प्राधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले गत मंगलबार विभत्स हत्या गरेका थिए । यस घटनालाई राजनैतिक तथा अन्य आवरणमा ढाकछोप नगरी संलग्नलाई दण्डित गर्न नेविसंघले माग गरेको छ । अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गर्दै शिक्षा क्षेत्रमै आक्रमण हुँदा यसले शैक्षिक वातावरणसमेत खलबलिएको भन्दै शिक्षक र विद्यार्थीको सुरक्षाका लागि