ओलीसँग सहकार्य गर्न हाम्रो दिमाग बिग्रिएको छैन : यादव
काठमाडौँ, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुनै हालतमा सहकार्य हुन नसक्ने बताएका छन्। शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुसँग भेट पेरिस डाँडामा छलफलबाट बाहिरिएका उनले सञ्चारकर्मीसँग कुरा गर्दैै यस्तो प्रतिक्रिया दिएका हुन्। ‘ओलीसँग सहकार्य गर्न हाम्रो दिमाग बिग्रिएको छैन, ओलीको सर्वसत्तावादलाई परास्त पार्ने विषयमा माओवादी केन्द्रसँग छलफल भयो,’ यादवले भने, ‘हामी यो छलफललाई निरन्तरता दिँदै जान्छौँ।’