हात्तीको आक्रमणबाट कैलालीका डगौराको मृत्यु
कैलालीको जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ। प्रहरी निरीक्षक अरुण बमले तरकारीका लागि निउरोको साग टिप्न गएका चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको बताए। चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ। पछिल्लो समय वन जङ्गलभित्र र आसपासका क्षेत्रमा जङ्गली जनावरले मानिसलाई आक्रमण










