प्रदेश ५

एमाले महासचिवको चुनाव प्रचारमा कांग्रेसको घोषणा पत्र!

दाङ– २ बाट प्रतिनिधि सभाको उम्मेदवार समेत रहेका एमाले महासचिव शंकर पोखरेलको ‘भेरिफाइड’ फेसबुक पेजबाट तीन दिनअघि एउटा चुनावी प्रचार सामग्री पोस्ट भयो। उत्तरतर्फबाट आउँदै गरेको रेल, फ्लाइओवर सहितका राजमार्ग, सांस्कृतिक पर्यटनको प्रबद्र्धन झल्काउन जनकपुरस्थित रामजानकी मन्दिर र स्वयम्भूको स्केचको अग्रभाग सहित महासचिव पोखरेलले त्यो प्रचार सामग्रीमा भनेका छन्, ‘परिवर्तन सम्भव छ हाम्रै पालामा।’ महासचिव पोखरेलको प्रचार सामग्री पोस्ट भएपछि मिस्टिका देवकोटा नाम गरेकी एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताले पोखरेललाई जवाफ

बिमा रकमका लागि बन्दको माैका छाेपी  आफ्नै टिपरमा आगजनी

काठमाडाैँ । दाङमा बिमा रकमका लागि एकजना टिपर धनीले आफ्नै टिपरमा आगजनी गरेकाे खुलेकाे छ । विप्लव समूहले गरेकाे नेपाल बन्दकाे माैका पारेर घोराही उपमहानगरपालिका वडा नं १८ नवलपुरका गाडी धनी ४१ वर्षीय धनेश्वर भण्डारीको निर्देशनमा गाडी चालक ३२ वर्षीय अरूण चौधरी र सहचालक २६ वर्षीय आकाश चौधरी मिलेर आगो लगाएको खुलेकाे हाे । आगजनीकाे घटना शंकास्पद देखिएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको थियो । उनीहरूको बयानका आधारमा टिपरधनी भण्डारी

सुनियोजित रुपमा हत्या गरिएका  सर्जनको दाबी भुक्तानी कार्यक्रममा आफै पुगेका थिए समितिका अध्यक्ष सिलवाल

काठमाडौं । सुनियोजित रुपमा हत्या पछि रिलायन्स लाइफले गरेको दाबी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल तथा कार्यकारी निर्देशक राजुरमण पौडेल आफै पुगेका थिए । कम्पनीले २०७८ साउन १३ गते होटल मेरियटमा विशेष कार्यक्रम आयोजना गरेरै सपना मल्ललाई साढे दुई करोड रुपैयाँको चेक हस्तान्तरण गरेको थियो । यसरी बीमा समितिका अध्यक्ष सिलवालकै हातबाट दाबी भुक्तानी गरिएको बीमा अन्ततः हत्याबाट सिर्जित घटन पुष्ठी भएको छ । केन्द्रिय अनुसन्धान व्युरोको

लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तुल्सीपुर बसपार्क बाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।उनलाई अहिले इलाका प्रहरी कार्यालय तुल्सीपुरमा राखिएको छ। विवाद भएको ठाउँमा ठूलो संख्यामा मानिस जम्मा भएपछि उनलाई सुरक्षा दिएर लगिएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले नेपालखबरलाई बताए। राज्यमन्त्री वलीले मंगलबार बिहान अर्काको घरमा छिरेको भिडियो सार्वजनिक भएको छ । भिडियोमा घरका मानिसहरुहरुले रुदै आफूमाथि मन्त्रीबाट कुटपिट भएको गुनासो पोखेको सुनिएको

दुई महीनामै पैसा दोब्बर हुने भन्दै ठगी गर्ने तीन जना पक्राउ

दाङ, दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई  पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई प्रक्राउ गरिएको हो। ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार १७ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेपछि रोल्पा घर भई घोराही बस्ने तीन जनालाई पक्राउ गरिएको हो। तीनै जना होटेल सञ्चालक भए पनि

राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशमा गठबन्धन विजयी

देउखुरी, लुम्बिनी प्रदेशको दाङमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचनमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता युवराज शर्माले ४ हजार ३४४, नेकपा (एकीकृत समाजवादी) बाट महिलामा राजेन्द्रलक्ष्मी गैरेले ४ हजार ३७४ र जनमोर्चाको तर्फबाट दलित उम्मेद्वार तुलप्रसाद विश्वकर्माले ४ हजार ३५६ भोट ल्याएर बिजयी हुनुभएको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी गराउनुभयो । प्रतिपक्षी दल नेकपा (एमाले)बाट लुम्बिनीमा अन्यतर्फ दाङका रामदयाल गुप्ताले ३ हजार ३७८ मत ल्याउनुभएको

पेन्सन पाउँदा कृषकमा छायो खुसीयाली

राँझा, व्यावसायिक भैँसीपालन गर्दै आउनुभएका नरैनापुर गाउँपालिका–५ मटेहिया निवासी बलियासार यादव गाउँपालिकाबाट कृषक पेन्सन पाउँदा दङ्ग हुनुभएको छ । “गाउँपालिकाले हामीलाई सम्झिएर भत्ता दिएकोमा धेरै खुसी लागेको छ”, ४९ भैँसी र पाँच गाईपालन गरी दूध बेचेर जिविकोपार्जन गर्दै आउनुभएका उहाँले भन्नुभयो,“अव कृषि तथा पशुपालन गर्न थप जाँगर आएको छ ।” बाँकेको नरैनापुर गाउँपालिकाले कृषि क्षेत्रलाई प्रोत्साहन गर्न यादव सहित १२ कृषकलाई पेन्सन वितरण गरेको छ । कृषक पेन्सन कार्यक्रम अन्तर्गत

‘सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा’

लुम्बिनी, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोभिड संक्रमण नियन्त्रण, खोप अभियान र उपचारका विषयमा प्रदेश सरकारका प्रयासका बारेमा जानकारी लिएका छन् । उनले कोभिडको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएपछि प्रदेश सरकार र सरकारी निकायले नियन्त्रणमा गरेका प्रयासका बारेमा जानकारी लिएका हुन् । उनले आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरेको छलफलमा मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती, प्रदेशका मन्त्री, स्वास्थ्य सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिएका

हत्यामा संलग्न फरार व्यक्ति २७ वर्षपछि पक्राउ

रोल्पा, मानव हत्यामा संलग्न रही फरार रहेका यहाँका एक व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । परिवर्तन गाउँपालिका–६ का गनबहादुर कामी २७ वर्षपछि पक्राउ परेका हुन् । कामी विसं २०५१ भदौ २१ गते साविक तालावाङ गाविस–७ हाल माडी गाउँपालिका–३ खारावाङका चुनवहादुर घर्तीको हत्या गरी फरार रहेका थिए । गाउँको जग्गा साँध सिमानासम्बन्धी भएको विवादमा रिसइवी लिई कामीले घर्तीको हत्या गरेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला अदालतको विसं २०७० वैशाख

ढुङ्गा र हँसिया प्रहार गरी श्रीमान्को हत्या

रोल्पा, एक महिलाले यहाँ आफ्नै पतिको हत्या गरेकी छिन् । सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन ठीक नभएकी मीनाले पति काले गोठमा सुतिरहेको अवस्थामा एक्कासि हँसिया र ढुङ्गा प्रहार गरेको बताइएको छ । पत्नी मीनाले पति कालेको हत्या गरेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जेल्वाङको प्रहरी टोली घटनास्थल पुगी अभियुक्त