अर्थतन्त्र

कुन-कुन बैंक-वित्तमा छ रोजगारीको अबसर ?

काठमाडौँ । विभिन्न वित्तीय संस्थाले कर्मचारी माग गरेका छन् । उनीहरुले सूचना मार्फत विभिन्न पदमा कर्मचारी माग गरेका हुन् । हाल कर्मचारी माग भएका वित्तीय संस्थाहरु यहाँ उल्लेख गरिएको छ । सानिमा लाईफ इन्स्योरेन्स – सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । इन्स्योरेन्स कम्पनीले सात वटै प्रदेशको लागि विभिन्न पदमा कर्मचारी आवश्यकता माग गरेका हो । योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । मेरोमाइक्रोफाइनान्स लघुवित्त –

राष्ट्र बैंकले दसैंमा नयाँ नोट वितरण नगर्ने

काठमाडौँ। यो वर्ष दसैंको अवसरमा नयाँ नोट वितरण नहुने भएको छ । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । बैंकले बडा दसैंलगायत चाडबाडमा सर्वसाधारणका लागि साना दरका नयाँ नोटको सटही व्यवस्थापन गर्दै आएको थियो । तर, दसैं संघारमा आइपुग्दा समेत विश्वव्यापी महामारी कोभिड १९ को संक्रमण नेपालमा समेत तीव्र गतिमा बढ्दै गएको भन्दै यो वर्ष नयाँ नोट वितरण नहुने राष्ट्र बैंकले स्पष्ट

भारतपछि पाकिस्तानले पनि लगायो टिकटकमाथि प्रतिबन्ध

एजेन्सी । सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने देशहरुको सूचीमा पाकिस्तान पनि थपिएको छ । चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरूले प्रतिबन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिबन्ध लगाएको हो । “अनैतिक सामग्रीहरु” भएको निष्कर्ष निकाल्दै पाकिस्तानले शुक्रबारदेखि टिकटकलाई देश भित्र प्रतिवन्ध लगाउने निर्णय गरेको अधिकारीहरुले जनाएका छन् । चीनसँगको सदाबहार मित्र भएपनि चिनियाँ एपलाई मुलुक भित्र प्रतिबन्ध लगाउनु पर्ने बाध्यता सृजना भएको अधिकारीहरूको भनाइ छ । टिकटकबाट मुस्लिम धार्मिक संस्कारको

१५ कम्पनीको आईपीओ सेयर आउँदै

काठमाडौं । प्राथमिक सेयर निष्कासन (आईपीओ) मा लगानी गर्न खोज्दै हुनुहुन्छ रु हो भने पैसाको जोहो गर्नतिर लाग्नुस् । विभिन्न क्षेत्रका १५ कम्पनीको आईपीओ आउँदै छ । सेयर निष्कासन अनुमतिका लागि १४ कम्पनीले नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएका छन् । एउटा कम्पनी (सानिमा जनरल इन्स्योरेन्स )ले भने सेयर निष्कासन प्रक्रिया नै सुरु गरिसकेको छ । यो कम्पनीले आउँदो बुधबार ९असोज २१० देखि सेयरका लागि आवेदन संकलन गर्दै छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १ सय

दुई अर्ब घोटाला भएको भन्दै बीमा समितिका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले तीन वर्षअघि १३ वटा नयाँ बीमा कम्पनीलाई सञ्चालन अनुमति दिँदा झण्डै दुई अर्ब घोटाला गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । यही असोज ५ गतेको मितिमा टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको उजुरीमा बीमा समितिका अध्यक्ष चापागाईका विरुद्धमा नयाँ कम्पनी दर्ता, स्थगतल अध्ययन प्रतिवेदन कार्यान्वयन नगरेको, अनावश्यक रुपमा नयाँ मोटर खरिद गरेको, नीतिगत रुपमा बीमाको काम नगरेको तथा कर्मचारी

आज पुन: घट्यो सुनको मूल्य [मूल्यसहित]

काठमाडौं । सुनको मूल्य एकाएक घटेको छ । पछिल्ले डेढ महिनाको अवधिमा बजारमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि डेढ महिनाको अवधिमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घटेको हो ।गत साउन २३ मा एक लाख ३ हजार पाँच सय पुगेको सुनको मूल्य घटेर हिजो तोलामा १० हजार चार सय रुपैयाँ घटेर ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी

अनुगमन टोली देखेपछि प्याजको भाउ आधा घट्यो

काठमाडौं । बिहिबार बिहान महानगरपालिकाको बजार अनुगमन टोली मनोहराको तरकारी बजारमा पुग्यो । बजारमा रहेको सुनापति आलु प्याज सप्लायर्सले अनुगमन टोलीलाई प्याजको मूल्य प्रतिकिलो १२० रुपैयाँ बताए। प्याजको खरिद मूल्य अनुगमन टोलीले मागेपछि नजिकैको अर्का प्याज पसलले एकाएक डराए । अनुगमन टोलीका एक प्रतिनिधिकाअनुसार सलेज आलु प्याज भण्डारले तत्कालै प्रतिकिलो ६० रुपैयाँमा प्याज बिक्री गर्न थाल्यो । एक पसलमा भएको अनुगमनमा अर्को पसलेले आधी मूल्य घटाएपछि उपभेक्ताहरु हाँस्न थाले ।

आज पुन: घट्यो सुनको मूल्य [मूल्यसहित]

काठमाडौं । सुनको मूल्य बिहीबार पनि तोलामा १२ सय रुपैयाँले घटेको छ। बिहीबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९३ हजार १ सय रुपैयाँ तोकिएको छ। बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९५ हजार ५ सय रुपैयाँ थियो। मंगलबार पनि सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घटेको थियो। सोमबार छापावाल सुन प्रतितोला ९७

चर्को व्याज असुलेको भन्दै माइक्रो फाईनाइन्सका कर्मचारी विप्लव समूहको नियन्त्रणमा

अछाम :अछाममा एनआरएन माइक्रोफाईनाइन्सका एक जना कर्मचारीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बुधबार नियन्त्रणमा लिएको छ। कमलबजार नगरपालिकामा कोरोना भाइरसका कारण आमजनताको जीवन गुजारा गर्न समेत गाह्रो भइरहेको बेला चर्को व्याज असुल्न थालेको भन्दै माइक्रोफाईनाइन्सका कर्मचारी दिपक शाहीलाई नियन्त्रणमा लिएको जनाएको छ। पार्टीले पटक(पटक विज्ञप्ती र फोन मार्फत कोरोनाको बेला चर्को व्याज नअसुल्न अनुरोध गर्दा पनि अटेर गरेका कारण एनआरएन वित्तिय संस्थाको कर्मचारीलाई नियन्त्रणमा लिएको नेकपा अछाम ९विप्लव०ले जनाएको छ।

प्रभु लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपिओ आउदै

काठमाडौं – प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनको विशेष प्रस्तावसहित कम्पनीले साधारणसभा बोलाएको छ । २ अर्ब चुक्ता पुंजी रहेको कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन। कम्पनीले छिट्टै नै सर्वसाधारणलाई ६० करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले असोज २९ गते बिहिबार काठमाडौँको होटेल मेरियटमा सभा गर्ने जनाएको छ । सभामा आर्थिक वर्ष