नबिल बैंकले जारी गर्यो ग्राहकहरुका लागि अत्यन्त जरुरी सूचना


२७ असोज, काठमाडौँ । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि अत्यन्त जरूरी सूचना जारी गरेको छ । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई ग्राहक पहिचान विवरण अद्यावधिक गराउन आग्रह गरेको छ ।

बैंकमा खाता खोले पश्चात ग्राहक पहिचान विवरणमा परिवर्तन भई बैंकमा अद्यावधिक गराउन छुटाएका वा २०६९ फाल्गुण २ गते भन्दा अघि खाता खोलेका तर हालसम्म ग्राहक पहिचान विवरण अद्यावधिक नगराएका ग्राहकहरुलाई कार्तिक मसान्तसम्म ग्राहक पहिचान विवरण अद्यावधिक गराउन आग्रह गरेको छ ।
तोकिएको समयभित्र विवरणहरु अध्यावधिक नगराएमा वा विवरण पुरा नभएका खाताहरु संचालनमा पूर्ण रोक लगाउने बैंकले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *