अर्थतन्त्र

ग्राहकवर्ग लाई ग्लोबल आइएमई बैंकको अत्यन्त जरुरी सूचना

२८ असोज, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले अत्यन्त जरुरी सूचना प्रकाशन गरेको छ । विगत केहि दिनदेखि नेपाल, भारत र पाकिस्तान समेतको विभन्न मोबाइल नम्बरबाट चिट्ठा परेको भन्दै फोन आउने र सो चिट्ठा प्राप्त गर्नको लागि तपाइले बुझाउनु पर्ने कर बराबरको रकम ग्लोबल आइएमई बैंकमा रहेको खातामा पठाउनु भनि सर्वसाधारणलाई ठगि गर्ने काम भैरहेको भन्दै भ्रामक सूचनामा नपर्न बैंकले सबैमा आग्रह गरेको छ । चिट्ठाको प्रलोभन देखाई रकम हात

नबिल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले आफ्नो संस्थाप स्थापक शेयर बिक्री गर्दा संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान भएकोले सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको शेयर रजिष्टार नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड, नक्साल, नारायणचौरमा प्राप्त हुने गरी आवेदन पेश गर्न आग्रह गरेको छ । शेयरधनीको नाममा रहेको २६ कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको नाम संशोधन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाम संशोधन गरेको छ । साधारणसभाले प्रस्ताव पारित गरेको र नेपाल राष्ट्र बैंकले स्वीकृति दिए अनुसार सोहि बमोजिम नाम संशोधन गरेको बैंकले एक सुचना जारी गर्दै जनाएको छ । बैंकको संशोधित नाम राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ । यसलाई अंग्रेजी छोटकरीमा आरबिबिएल ‘च्द्यद्यी’ भनिने छ ।

४०० केभी क्षमताको तामाकोशी–काठमाडौँ प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । तामाकोशी करिडोर नेपालको जलविद्युत्का लागि परिचित क्षेत्र हो । सोही करिडोरमा यतिबेला राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् परियोजना निर्माण सकिने क्रममा छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट उत्पादित विद्युत् निकट भविस्यमा नै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिँदैछ । सोही करिडोरमा १०० मेगावाट क्षमताको तामाकोशी पाँचौँको निर्माण शुरु हुनै लागेको छ । यस्तै झण्डै ८८० मेगावाट क्षमताको तामाकोशी तेस्रोलगायत अन्य आयोजनासमेत निकट भविष्यमा निर्माणमा जाने

सुदुरपश्चिम अटोमोबाईल्स डिलर्स एसोसिएसन (साडा)को अध्यक्षमा ओझा

धनगढी । सुदुरपश्चिम अटोमोबाईल्स डिलर्स एसोसिएसन (साडा) को तदर्थ समिति गठन गरिएको छ । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)को छाता संगठनको रूपमा साडा गठन गरिएको हो । नाडाका संगठन बिस्तार समितिका सभापति तथा पुर्व उपाध्यक्ष प्रकाश कपुरीको अध्यक्षता र धनगढी उपमहानगरपालिका प्रमुख नृप बहादुर वडको प्रमुख आतिथ्यमा साडा सुदुरपश्चिम गठन गरिएको हो । नव निर्बाचित साडाको अध्यक्षमा उद्योग बाणिज्य संघ कैलालीका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, उपाध्यक्षत्रय साहनवाज आलम, परशुराम चपाइ,

नबिल बैंकले जारी गर्यो ग्राहकहरुका लागि अत्यन्त जरुरी सूचना

२७ असोज, काठमाडौँ । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि अत्यन्त जरूरी सूचना जारी गरेको छ । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई ग्राहक पहिचान विवरण अद्यावधिक गराउन आग्रह गरेको छ । बैंकमा खाता खोले पश्चात ग्राहक पहिचान विवरणमा परिवर्तन भई बैंकमा अद्यावधिक गराउन छुटाएका वा २०६९ फाल्गुण २ गते भन्दा अघि खाता खोलेका तर हालसम्म ग्राहक पहिचान विवरण अद्यावधिक नगराएका ग्राहकहरुलाई कार्तिक मसान्तसम्म ग्राहक पहिचान विवरण अद्यावधिक गराउन आग्रह गरेको

अब सबै सिटमा यात्रु चढाउन पाइने, भाडा पनि पुरानै कायम

काठमाडौँ । सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाएको हो । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो । अन्तरिक हवाई उडानमा पनि यही भनिएको थियो । तर हवाई सेवा प्रदायक कम्पनीहरुले नागरिक उड्डयन मन्त्रालयसँग समझदारी गरेर

यस वर्षको अर्थशास्त्रतर्फको नाेबेल दुई अमेरिकी अर्थशास्त्रीलाई

काठमाडौँ। यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी नागरिकलाई प्रदान गरिएको छ । सोमबार द स्विडिस एकेडेमी अफ साइन्सले घोषणा गरेअनुसार यस वर्षको नोबेल पुरस्कार पाउल आर मिल्ग्रोम र रोबर्ट बिल बी विल्सनलाई प्रदान गरिने भएको हो । उनीहरुलाई लिलामी सिद्धान्तमा सुधार तथा नयाँ लिलामी प्रारुपको आविष्कार गरेकाले सम्मानस्वरुप यो पुरस्कार प्रदान गरिएको हो । अहिलेसम्म केवल दुई महिलाले मात्र अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन् । सोमबार अर्थशास्त्रतर्फको नोबेल पुरस्कारको

कुन-कुन बैंक-वित्तमा छ रोजगारीको अबसर ?

काठमाडौँ । विभिन्न वित्तीय संस्थाले कर्मचारी माग गरेका छन् । उनीहरुले सूचना मार्फत विभिन्न पदमा कर्मचारी माग गरेका हुन् । हाल कर्मचारी माग भएका वित्तीय संस्थाहरु यहाँ उल्लेख गरिएको छ । सानिमा लाईफ इन्स्योरेन्स – सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । इन्स्योरेन्स कम्पनीले सात वटै प्रदेशको लागि विभिन्न पदमा कर्मचारी आवश्यकता माग गरेका हो । योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । मेरोमाइक्रोफाइनान्स लघुवित्त –

राष्ट्र बैंकले दसैंमा नयाँ नोट वितरण नगर्ने

काठमाडौँ। यो वर्ष दसैंको अवसरमा नयाँ नोट वितरण नहुने भएको छ । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । बैंकले बडा दसैंलगायत चाडबाडमा सर्वसाधारणका लागि साना दरका नयाँ नोटको सटही व्यवस्थापन गर्दै आएको थियो । तर, दसैं संघारमा आइपुग्दा समेत विश्वव्यापी महामारी कोभिड १९ को संक्रमण नेपालमा समेत तीव्र गतिमा बढ्दै गएको भन्दै यो वर्ष नयाँ नोट वितरण नहुने राष्ट्र बैंकले स्पष्ट