ग्राहकवर्ग लाई ग्लोबल आइएमई बैंकको अत्यन्त जरुरी सूचना


२८ असोज, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले अत्यन्त जरुरी सूचना प्रकाशन गरेको छ । विगत केहि दिनदेखि नेपाल, भारत र पाकिस्तान समेतको विभन्न मोबाइल नम्बरबाट चिट्ठा परेको भन्दै फोन आउने र सो चिट्ठा प्राप्त गर्नको लागि तपाइले बुझाउनु पर्ने कर बराबरको रकम ग्लोबल आइएमई बैंकमा रहेको खातामा पठाउनु भनि सर्वसाधारणलाई ठगि गर्ने काम भैरहेको भन्दै भ्रामक सूचनामा नपर्न बैंकले सबैमा आग्रह गरेको छ ।
चिट्ठाको प्रलोभन देखाई रकम हात पर्ने र खाताबाट पैसा निकाली सम्पर्कबिहिन हुने कार्य भैरहेको हुँदा यस्तो भ्रामक सुचकामा विश्वास नगर्न यसबारे सजक रहन सम्पूर्ण ग्राहकवर्ग र सम्बन्धित सबै सरोकारवालाहरुलाई बैंकले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *