यस्ताे छ, मदन भण्डारीकाे जबज (पूर्णपाठ)
नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद १. विषय प्रवेश कार्यक्रम पार्टीले सार्वजनिकरूपमा फहराएको आफ्ना लक्ष्यहरूको झन्डा हो । त्यसकै आधारमा आम जनतालाई सचेत, सङ्गठित र परिचालित गर्ने काम गर्नुपर्छ । सामाजिक क्रान्ति समाजको प्रथम र अनिवार्य लक्ष्य भएको बेला सामाजिक क्रान्तिको कार्यक्रम र क्रान्तिपछि निर्माण तथा विकासको कार्यक्रमका रूपमा पार्टीले आफ्नो लक्ष्य निर्धारित गर्नुपर्छ, आफ्नो कार्यक्रम निश्चित गर्नुपर्छ । अहिले नेपाली समाजमा सामाजिक क्रान्तिको अनिवार्यता छ । यसैलाई प्राथमिकता दिनु