प्रचण्डले नै पार्टी एकता नचाहेका हुन् : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले भंग गर्न पार्टीमा एकता नै बाँकी नरहेको बताएका छन्। मंगलबार एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पुष्पकमल दाहालले पार्टी एकता गर्न नचाहेको बताएका हुन्।

उनले सर्वोच्चले पार्टी फेरि एकता गर्ने भए १५ दिनभित्र नयाँ नाम लिएर निर्वाचन आयोगमा जान भने पनि दाहालले चासो नदिएको बताए। उनले भने, ‘एकता बाँकी थियो र भंग गर्ने अदालतलेरु पार्टीबाट अध्यक्षलाई निकालेको छ। दलको नेता निकालिसकेको छ। दलको नेतालाई साधारण सदस्यबाट समेत निकालेको छ। मैले फोन गरेर छलफल गरौं भन्दा केन्द्रीय कमिटीको बैठक बसेर खबर गर्छु भन्ने अनि पछि इच्छा छैन भनेर मजाग गर्नेरु ठीक छ नि त अब आफ्नो आफ्नो पार्टी चलाउने।’

आफूले चैतमा महाधिवेशनको मिति तोकेर अध्यक्ष पद छाड्न खोज्दा पनि दाहालले अहिल्यै चाहियो भनेर विवाद गरेको आरोप लगाए। उनले भने, ‘मैले भनेको हो– चैतमा महाधिवेशन गरौं, अध्यक्ष हुनुस्, महाधिवेशनको म्याद पनि तोकिएको थियो। यही २५–३० गतेसम्म अध्यक्ष माधव नेपाल भए भइहाल्थ्यो, मैले म हुन्न भन्दिएकै थिएँ। यति हतार, तुरुन्तै चाहियो, अहिल्यै चाहियो। मसँग अध्यक्षमै चुनाव लडेर हारेको मान्छे, मलाई चाहियो, मलाई चाहियो। धन्न मेरो निर्वाचन क्षेत्रको भएनन्, नत्र मलाई चाहियो भनिहाल्ने।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *