कुर्द राष्ट्रपति बर्जानीद्वारा पद त्याग


१३ कात्तिक, इराक । इराकको कुर्दिस्तानका राष्ट्रपति मसुद बर्जानीले पदबाट राजीनामा दिएका छन् । उनले कुर्दिस्तानलाई अलग स्वतन्त्र राज्य बनाउने संघर्षको नेतृत्व गर्दै आएका थिए ।

टेलिभिजनमार्फत् सम्वोधन गर्दै ७१ वर्षीय बर्जानीले राजीनामा दिएको घोषणा गरे । तर, राजीनामा दिए पनि स्वतन्त्र राज्यका लागि निरन्तर लडिरहने उनले बताएका छन् ।

कुर्दिस्तानमा २५ सेप्टेम्बरमा स्वतन्त्रता सम्वन्धी जनमत संग्रहसमेत भएको थियो । जनमत संग्रहमा ३० लाख मत आएको भन्दै बर्जानीले यस इतिहासलाई मेटाउन नसकिने बताए ।

बर्जानीका समर्थक असन्तुष्ट

बर्जानीको राजीनामा पछि उनका समर्थकहरु असन्तुष्ट भएका छन् । केहीले विरोध प्रदर्शन गरेका छन् । हातमा लाठी लिएकाहरु सडकमा उत्रिएर प्रदर्शन गरेको र गोली चलेको आवाज समेत सुनिएको बीबीसीले लेखेको छ । इरबिलस्थित कुर्दिस संसदमा पनि आक्रोशपूर्ण दृष्य देखिएको छ ।

जनमत संग्रहपछि कुर्दिस्तानमा परिस्थिति भड्किएको थियो र कुर्दहरुले ठूलो भूभाग गुमाएका थिए । तेलको खानी किरकुक क्षेत्र इराकी फौजले कब्जामा लिएको छ । प्रतिद्वन्द्वीहरुले किरकुकलाई बिना संघर्ष सेनालाई बुझाएर देशद्रोह गरेको आरोप बर्जानीले लगाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *