कोरोना बीमा गर्नेलाइ खुशीको खबर, यस्तो छ सर्वोच्चको आदेश


काठमाडौं । बीमा समितिले जारी गरेको कोरोना बीमा मापदण्ड २०७७ कानुन विपरित रहेको भन्दै सर्वोच्च अदालतमा हालसम्म दुई वटा रिट दर्ता भएको पाइएको छ । सर्वोच्च अदालतबाट आज प्राप्त आदेशमा भाइराजा राई र दावा तामाङले दायर गरेको रिटमा माग गरिए बमोजिमि अन्तरिक आदेश जारी गर्ने सम्बन्धमा छलफलका लागि असोज ८ गते पेशी तोकिएको आदेशमा जनाइएको छ ।

कोरोना बीमाबारे सर्वोच्च अदालतमा अर्को रिट समेत दर्ता भएको पाइएको छ । रिट नं २०७७ डब्लुओ ०१३० नम्वरको रिट निवेदन अधिवक्ता केशरजंग केसी समेतले दायर गरेका छन् । दोस्रो रिटमा भने स्वास्थ्य मन्त्रालयलाई विपक्षी बनाइएको छ । दुवै मुद्दा एक आपसमा मिल्ने प्रकृत्तिको भएकोले एउटै इजलासमा पेश गर्न न्यायाधिश हरि प्रसाद फुयाँलको इजलासले आदेश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *