बुटवल , नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनलाई लक्षित गर्दै बुटवलका किरण गौतम केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारीमा जुटेका छन्। पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाका निकट रहेर लामो समयदेखि राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका गौतम देउवा पक्षबाट केन्द्रीय सदस्यका उम्मेदवार बन्ने तयारीमा रहेको उनी निकट स्रोतले जनाएको छ।
गौतम लामो समयदेखि नेपाली कांग्रेसको राजनीति, संगठन विस्तार तथा विभिन्न राजनीतिक गतिविधिमा संलग्न रहँदै आएका छन्। पार्टीभित्रको राजनीतिक गतिविधिलाई नजिकबाट नियाल्दै आएका उनी देउवा पक्षसँग निकट रहेर विभिन्न राजनीतिक तथा संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएको बताइन्छ।
राजनीतिक सक्रियतासँगै सामाजिक संघसंस्था तथा वित्तीय क्षेत्रमा समेत आफ्नो भूमिका स्थापित गर्दै आएका गौतम अनुभवी र सामाजिक रूपमा परिचित व्यक्तित्व हुन्। सामाजिक सेवा, आर्थिक गतिविधि र संस्थागत नेतृत्वको अनुभवलाई राजनीतिक तथा संगठनात्मक क्षेत्रमा समेत उपयोग गर्ने उनको रुचि रहेको उनी निकटहरू बताउँछन्।
समाजका विभिन्न वर्ग, समुदाय र क्षेत्रसँग समन्वय तथा सहकार्य गर्दै अघि बढ्न सक्ने क्षमतालाई आफ्नो राजनीतिक यात्राको आधार बनाउँदै आएका गौतमले अब पार्टीको केन्द्रीय तहमा रहेर भूमिका निर्वाह गर्ने आकांक्षा राखेका छन्। लामो समयदेखिको राजनीतिक संलग्नता, देउवासँगको निकटता तथा सामाजिक र वित्तीय क्षेत्रको अनुभवलाई उनले आफ्नो उम्मेदवारीको आधारका रूपमा अघि सारेका छन्।
कांग्रेसको १५औँ नियमित महाधिवेशनमा देउवा पक्षबाट केन्द्रीय सदस्य पदमा गौतमको उम्मेदवारी तयारीले रुपन्देही तथा बुटवलको कांग्रेस वृत्तमा चासो थपेको छ। स्थानीय तहदेखि राष्ट्रिय राजनीतिसम्म आफ्नो सक्रियता विस्तार गर्ने लक्ष्यसहित उनी केन्द्रीय नेतृत्वमा पुग्ने तयारीमा रहेको बताइएको छ।

