नेपाल–भारतबीच आठ विषयमा समझदारी, सहकार्यका क्षेत्र सार्वजनिक


काठमाडौं , प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी भएको छ। प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्तापछि दुवै देशले विभिन्न क्षेत्रको सहकार्यलाई अघि बढाउने समझदारी गरेका हुन्।
समझदारीमा सुरक्षा, प्रशासन, स्वास्थ्य, प्रविधि, सहरी विकास तथा कृषि क्षेत्रलाई प्राथमिकता दिइएको छ।
नेपाल–भारतबीच समझदारी भएका आठ विषय :
१. फरेन्सिक विज्ञानमा सहकार्य : गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य गर्ने।
२. प्रहरी प्रशिक्षण : भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच प्रहरी प्रशिक्षण तथा क्षमता अभिवृद्धिमा सहकार्य गर्ने।

३. प्रशासनिक अधिकारीहरूको तालिम : भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजमार्फत नेपाली सरकारी अधिकारीहरूलाई प्रशिक्षण प्रदान गर्ने।
४. आयुर्वेद तथा परम्परागत चिकित्सा : आयुर्वेद र परम्परागत उपचार पद्धतिको अध्ययन, विकास तथा प्रवर्द्धनमा सहकार्य गर्ने।
५. स्याटेलाइट सञ्चार : भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको प्रयोगका लागि सञ्चार नेटवर्क निर्माण तथा उपयोगमा सहकार्य गर्ने।
६. सहरी विकास : दिगो सहरी विकास, प्राविधिक ज्ञान तथा अनुभव आदानप्रदानमा सहकार्य गर्ने।
७. स्वास्थ्य तथा चिकित्सा : स्वास्थ्य सेवा, चिकित्सा प्रणाली तथा स्वास्थ्य क्षेत्रको विकासमा सहकार्य गर्ने।
८. पशुपालन तथा मत्स्यपालन : पशुपालन र मत्स्यपालन क्षेत्रको विकास, प्रविधि हस्तान्तरण तथा उत्पादन वृद्धि गर्न सहकार्य गर्ने।
दुई देशबीच भएका यी समझदारीले सुरक्षा, प्रशासनिक क्षमता, स्वास्थ्य, सञ्चार प्रविधि तथा कृषि क्षेत्रको विकासमा थप सहकार्यको आधार तयार गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *