भारतको मुम्बईबाट फर्किएका गिरी धनगढीमा मृत फेला


भारतको मुम्बईबाट फर्किएका कञ्चनपुरका ३३ वर्षीय गणेश गिरी धनगढीमा मृत अवस्थामा फेला परेका छन्।

भारतको मुम्बईबाट बिहिवार दिउँसो ०३ बजे डोकेबजार पुगेका गणेश गिरीलाई शुक्रवार देखि खोजतलास गरिरहँदा उनि आज मृत अवस्थामा फेला परेका हुन्। उनी बिहिवार राति धनगढी्को वडा ०३ स्थित विशालनगरको नाला नजिकै हिलाम्मे रूपमा अचेत अवस्थामा फेला परेका थिए। अचेत अवस्थामा रहेका गिरीलाई उपचारका लागि प्रहरीले अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


भारतबाट बिहिवार ०३ बजे डोकेबजार पुगेका गिरीसँगै रहेका अन्य तीनजना साथीले डोकेबजारमा रहेको कार्की होटलमा खाजानास्ता खाएको पारिवारिक स्रोतबाट खुल्न आएको छ।

खाजानास्ता खाइसकेपछि गिरी बेपत्ता भएका थिए। साँझसम्म पनि घर नफर्किएपछि परिवारले शुक्रवार बिहानैबाट उनको खोजीतलासी गर्न सुरु गरेको थियो। परिवारले उनको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कन्चन्पुरमा खोजतलासीका लागि फोटो हुलियासहित को निवेदन दिएका थिए।

मृतक गिरीको पहिचान नखुलेपछि प्रहरीले शव सेती प्रादेशिक अस्पतालको शव गृहमा राखेको थियो। मृतकका परिवारले शवको सनाखत गरे पश्चताप पोस्टमार्टमको प्रक्रियामा रहेको उनका आफन्तले बताएका छन्।

मृतक गिरी तीन वर्षपछि भारतबाट घर फर्कँदै थिए। उनका एक छोरी र एक छोरा छन् ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 100

Leave a Reply

Your email address will not be published. Required fields are marked *