बैतडीको पाटनबाट लागूऔषध चरेस सहित दुई जना पक्राउ


बैतडीको पाटनबाट लागूऔषध चरेस सहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका वडा न ०४ का ३७ वर्षीय सुधिर पौडेल र पाटन नगरपालिका वडा न ०६ का २४ वर्षीय किशोर चन्द रहेको जि प्र का बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिए।

पक्राउ परेका पौडेल र चन्दलाई इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेन्द्र साउँद नेतृत्वको टोलीले रातिको करिव ११ बजे पाटन नगरपालिका –०६ सेल्फीडाँडास्थित दशरथचन्द राजमार्गबाट पक्राउ गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *