शैल्यशिखरमा दरबन्दी भन्दा बढी कर्मचारी नियुक्त गरी २६ लाख ‘स्वाट’
दार्चुला । जिल्लाको शैल्यशिखर नगरपालिकाले दरबन्दी भन्दा बढी कर्मचारी नियुक्त गरेको भेटिएको छ । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार शैल्यशिखर नगरपालिकाले स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी नियुक्त गरी नियमविपरीत तलबभत्ता भुक्तानी गरेको तथ्य सार्वजनिक भएको हो । प्रतिवेदनअनुसार नगरपालिकाले दरबन्दी भन्दा १२ जना बढी कर्मचारी नियुक्त गरी २६ लाख ५२ हजार रुपैयाँ भुक्तानी गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को धारा ५३ अनुसार स्थानीय तहले स्थायी प्रकृतिका कामका लागि