स्थानीय तह

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै नेपाल फर्कने, जारी गरे विज्ञप्ति

नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउनभित्रै स्वदेश फर्कने भएका छन्। देउवाका स्वकीय सचिव भानु देउवाले सेतोपाटीलाई दिएको जानकारीअनुसार पूर्वप्रधानमन्त्री देउवा यही महिनाभित्र स्वदेश फर्कने तयारीमा छन्। देउवा उपचारको सिलसिलामा हङकङमा छन्। ‘उहाँहरू यही महिनाभित्र स्वदेश फर्कनुहुन्छ,’ भानुले भने, ‘कति गते स्वदेश फर्कने भन्ने तय भइसकेको छैन।’ साथै पूर्वप्रधानमन्त्री देउवाले आज प्रेस विज्ञप्ति पनि जारी गरेका छन्। बिपी कोइरालाको स्मृति दिवसको अवसरमा देउवाले विज्ञप्ति जारी गरेका हुन्। पूर्वप्रधानमन्त्री देउवाले

नेपाल शिक्षक संघ ले गर्याे शिक्षक सहकारी कैलाली लाई सम्मान

धनगढी, नेपाल शिक्षक संघ केन्द्रीय कार्यसमितिले आदर्श शिक्षक बचत तथा ऋण सहकारी कैलालीलाई सम्मानित गरेको छ। आज काठमाडौंमा आयोजित विशेष समारोहबीच उक्त सहकारीलाई सम्मानित गरिएको हो। शिक्षक संघ कैलाली मातहतमा रहेको उक्त सहकारीले शिक्षकहरूको हकहितका लागि उत्कृष्ट काम गर्दै आएको भन्दै सम्मानित गरिएको शिक्षक संघका महासचिव ज्ञानेन्द्रबहादुर रावलले जानकारी दिए। ‘नेपाल शिक्षक संघ संघीय कार्यसमितिको निर्णयानुसार आफ्ना सदस्यहरूको आर्थिक विकासमा सहयोग पुर्‍याउँदै संगठनलाई मजबुत बनाउनका लागि चलाइएको शिक्षक सहकारी अभियानलाई

डोटीमा अन्तर्राष्ट्रिय जंगल दिवसको अवसरमा १ हजार बिरुवा काे  वृक्षरोपण गरियाे

डोटी , अन्तर्राष्ट्रिय जंगल दिवसको अवसरमा डोटी जिल्लाको आदर्श गाउँपालिका वडा नं. ७, दडीमाडा गाउँमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। लुम्बिनी विश्व शान्ति मञ्चको आयोजनामा तथा सन नेपाल लाइफ इन्स्योरेन्स क. लि.को ८औँ वार्षिकोत्सवको उपलक्ष्यमा सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको हो। ८ हजार बिरुवा रोप्ने अभियान अन्तर्गत पहिलो चरणमा १ हजार बिरुवा रोपण गरिएको कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स क. लि.का सुदूरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसीको प्रमुख आतिथ्यमा

दार्चुलामा जिप दुर्घटना हुँदा ११ जना घाइते

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । जिल्लाको नौगाड गाउँपालिका होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ ज ०१०३ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको हो । गम्भीर घाइते हुनेमा २५ वर्षीया पार्वती टमटा, २६ वर्षीय मोहन ठगुन्ना, १८ वर्षीया अप्सरा महता र ३५ वर्षीय उमेश ठगुन्ना रहेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक

शैल्यशिखरमा दरबन्दी भन्दा बढी कर्मचारी नियुक्त गरी २६ लाख ‘स्वाट’

दार्चुला । जिल्लाको शैल्यशिखर नगरपालिकाले दरबन्दी भन्दा बढी कर्मचारी नियुक्त गरेको भेटिएको छ ।  महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार शैल्यशिखर नगरपालिकाले स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी नियुक्त गरी नियमविपरीत तलबभत्ता भुक्तानी गरेको तथ्य सार्वजनिक भएको हो । प्रतिवेदनअनुसार नगरपालिकाले दरबन्दी भन्दा १२ जना बढी कर्मचारी नियुक्त गरी २६ लाख ५२ हजार रुपैयाँ भुक्तानी गरेको हो ।  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को धारा ५३ अनुसार स्थानीय तहले स्थायी प्रकृतिका कामका लागि

नौ बुंदे टिकापुर घोषणा पत्र जारी गर्दै सकियो ईको समिट

टिकापुर, कैलाली । नौ बुंदे टिकापुर घोषणा पत्र जारी गर्दै सुदूर युवा ईको समिट सकिएको छ । फोर एच नेपालले आयोजना गरेको समिट १ सय ५० जना युवाको सहभागिता रहेको थियो । टिकापुर सम्पन्न भएको ईको समिटमा सुदुरपश्चिमका नौ आटै जिल्लाबाट प्रतिनिधित्व रहेको सहभागी बसन्त बोहराले जानकारी दिए । समिटको स्थानीय साँझेदार संस्था वन तथा कृषि विश्वविद्यालय फोर एच शाखा र सुदूरपश्चिम विश्वविद्यालय फोर एच शाखा रहेको थियो । सुदूरपश्चिमका

अत्तरिया हाटबजारमा उपलब्ध तरकारी मा भेटियाे अत्यधिक बिषादी प्रयाेग

धनगढी ,कैलाली जिल्लको गोदावरी नगरपालिका–१ अत्तरियामा सञ्चालित तरकारी हाटबजारमा बिक्रीका ल्याइएका बन्दागोभीमा अत्यधिक मात्रामा विषादी फेला परेको छ। आज अत्तरियामा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाईमा गरिएको परीक्षणमा पाण्डेय फलफूल तथा सब्जी पसलमा बिक्रीका लागि राखिएका ६५ किलो बन्दामा विषादी भेटिएपछि नष्ट गरिएको छ। एकाइ कार्यालयका प्राविधिक राजेन्द्रप्रसाद भट्टले बन्दामा ९९ दशमलव ११ अर्गानोफस्फेट र एक दशमलव ६१ कार्बामेट विषादीको अंश फेला परेको जानकारी दिए।

बाजुराको बाम्का बजारमा भीषण आगलागी

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–६ मा पर्ने बाम्का बजारमा शुक्रबार दिउँसो ग्यासको सिलिन्डर पड्किँदा भीषण आगलागी भएको छ । बजारमा रहेको एक होटलबाट खाना पकाउने ग्यासको सिलिन्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आगलागीबाट १२ भन्दा बढी पसलहरू जलेर नष्ट भएको प्रहरीको अनुमान रहेको छ । आगलागीका कारण लाखौंको क्षति भएको छ । आगो लाग्नुको कारण खुलेको भए पनि के कति क्षति भयो भन्ने बारेमा यकिन

सुदूरपश्चिममा  थप ५ जनामा देखियो कोरोना, जम्मा संख्या८ पुग्यो

धनगढी: सुदूरपश्चिम प्रदेशमा थप ५ जनामा काेराेना संक्रमण पुष्टि भएको छ। भारतसँग जाेडिएकाे गाैरीफन्टा नाकामा थप ५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ। भारतबाट फर्किनेहरुको परीक्षण गरिएकोमा थप ५ जनामा संक्रमण पुष्टि भएको हाे। यसअघि  ३ जनामा कोरोना पुष्टि भएकाे थियो। भारतमा काेराेनाकाे नयाँ संक्रमण देखिएका बेला त्यहाँबाट फर्किनेहरूमा समेत संक्रमण देखिन थालेकाे हाे।

छाेराकाे पास्निमा सूर्यज्याेति लाईफकाे बिमा  पाेलिसि उपहार

धनगढी ,  पछिल्लाे समय बिमाकाे जनचेतना बढे संगै अाफ्नाे र परिवारकाे बिमा गराउने बिमितकाे संख्यामा बड्दै गईरहेकाे छ।   गाेदावरि नगरपालिका १ बस्ने राम चाैधरी र रमिता चाैधरी ले अाफ्नाे छाेरा अरबिन  चाैधरीकाे  पास्निकाे शुभअवसरमा सुर्यज्याेति   लाईफ ईन्स्याेरेन्सकाे  पाच लाख बिमाङ्क काे   सूर्ज्याेति नाैलाे बाल जीवन बिमा गराउनु भएकाे हाे । अत्तरिया शाखा प्रमुख नरेश भट्ट ले पास्निमा सरिक भई  बिमालेख हस्तान्तरण गरेका थिए साथै छाेरा काे उज्वल भिबिश्यका लागि बिमा