प्रदेश ५

मन्दिरको भेटीबाट विद्यालय सञ्चालन

अर्घाखाँची, सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा मन्दिरको भेटीबाट विद्यालय सञ्चालन गरिएको छ । सुपा देउराली मन्दिरमा उठेको भेटीबाट खाँचीकोटस्थित आदर्श मावि र सीतापुरस्थित शान्ति निमावी सञ्चालन गरिएको छ । भेटीबाट आदर्श माविमा ६ तथा शान्ति निमाविमा चार शिक्षक राखिएको छ । भेटीबाट सङ्कलित रकममध्ये मासिकरुपमा आदर्श माविलाई र शान्ति निमाविलाई रु एक लाख २० हजार उपलब्ध गराइएको मन्दिर व्यवस्थापन समितिका सचिव यादव घिमिरेले जानकारी दिनुभयो । यस्तै समितिले सन्धिखर्कस्थित पाणिनि बेदबिद्या आश्रमका

नेपाली काँग्रेस नेतृत्व बिकास टिमले गर्यो ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान

सकारत्मक परिवर्तनका लागी नेतृत्व भन्ने मुल नाराका साथ नेतृत्व बिकास समिति केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कोभिड महामारीमा सातै प्रदेशका राजधानी हरुमा सकृय रहेका ट्राफिक प्रहरी हरुका लागी फेस सिल्ड, सेनिटाइजर र माक्स बितरण गरेको छ । प्रतिष्ठानका संयोजक उषा मल्ल को नेतृत्वको टिमले सो सामाग्री बितरण गरेको हो ।प्रदेश नं. १ मा शेवक बजगाई को प्रतिनिधित्वमा मोरङ मा प्रदेश नं. २ मा सुजित यादब को प्रतिनिधित्वमा धनुषा मा प्रदेश

बन्दाबन्दीमा कालोबजारी हुन नदिन अनुगमन

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि नेपालगञ्जमा जारी बन्दाबन्दीमा कालोबजारी हुन नदिन बजार अनुगमनमा कडाइ गरिएको छ । दैनिक उपभोग्य वस्तु र स्वास्थ्य सामग्रीमा कालोबजारी भएको गुनासो आएपछि नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत उपभोक्ता हित संरक्षण समितिले बजार अनुगमनलाई कडाइ गरेको नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार, उपभोक्ता हित संरक्षण समितिले सरोकारवाला निकायसँगको समन्वयमा दैनिकरूपमा बजार अनुगमनलाई निरन्तरता दिएको छ । दैनिक उपभोग्य वस्तु, तरकारी बजार र औषधि

ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई ढुङ्गाले हानेर हत्या गरेका हुन् । मङ्गलबार राति करिब ८ बजेतिर ढुङ्गाले हान्दा गम्भीर घाइते भएकी विपनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा मङ्गलबार बाटोमै मृत्यु भएको हो । उनको शव प्रादेशिक अस्पतालमा राखिएको छ ।

ठेकेदार–मजदुर सहमतिपछि सडक विस्तारको काम पुनः शुरु

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुटवल–नारायणगढ सडक विस्तारको काम पुनः सञ्चालन भएको छ । मजदुर आन्दोलनका कारण १२ दिनदेखि ठप्प सडक विस्तारको काम निर्माण कम्पनीसँग सहमतिपछि मङ्गलबारबाट पुनः शुरु भएको हो । सडकखण्ड विस्तारका लागि काममा खटिएका मजदुरले तेल तथा माटो चोरी गरेर बिक्री गरेको आरोपमा दुवै पक्षबीच कुटपिट हुँदा मजदुरले काम ठप्प पारेका थिए । बुटवल– नारायणगढ सडक विस्तारको काम भइरहेको अवस्थामा खण्ड ‘क’ मा कार्यरत मजदुरले

गोली लागेर एकको मृत्यु

काठमाडौँ । दाङको घोराहीमा शिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर घटनास्थलमै मृत्यु भएको छ । घोराही उपनगरपालिका–१२ को कमलघारी जङ्गल क्षेत्रमा शुक्रबार राति भएको सो घटनामा वडा नं १३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिनुभयो । घटनास्थल पुग्न तीन÷चार घण्टा जति पैदल हिँड्नुपर्ने तथा उक्त स्थानमा फोन सम्पर्कसमेत राम्रोसँग हुन नसक्ने हुँदा घटनाबारे थप विवरणहरु आउन

मुस्कान खातुन अमेरिकाको प्रतिष्ठित पुरस्कारबाट सम्मानित हुँदै

काठमाडौं। मुस्कान खातुनले प्रतिष्ठित इन्टरनेसनल वुमन अफ करेज ९आइडब्लूओसी० अवार्ड पाउने भएकी छन्। तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको माग गर्दै आएकी उनको भूमिकालाई कदर गर्दै उक्त अवार्डबाट सम्मानित गर्न लागिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको हो। अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिकंनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमबीच उनलाई अवार्ड प्रदान गर्ने भएको हो। मुस्कानले आफूमाथि परेको दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउन भूमिका खेलेको दूतावासबाट जारी विज्ञप्तिमा

३९६ स्थानीय तहमा एकसाथ अस्पताल शिलान्यास गरिँदै

काठमाडौं । सरकारले आज एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्दैछ । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गर्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार दिउँसो चितवनको भरतपुरमा प्रादेशिक सरूवा रोग अस्पताल र भरतपुर अस्पतालको आकस्मिक कक्षको नयाँ बन्ने भवनको शिलान्यास गर्दैछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बन्ने सबै

दुई भारतीयले बनाए नेपाली नागरिकता

काठमाडौँ । दुई भारतीयले सम्पत्तिका लोभमा परी नेपाली नागरिकता बनाएका छन् । भारतको शोहरतगढ जिल्ला ढेवरुवा तहसिल महादेव बुजुर्गग्राम मानपुर बस्ने बालजी र उनकी श्रीमती इन्द्रवतीले कपिलवस्तुको साविक महाराजगञ्ज गाविस हाल महाराजगञ्ज नगरपालिका– १ बाट नेपाली नागरिकता लिएका हुन्। बालजीले नेपाली नागरिकतामा राजु यादव नाम कायम गरी नागरिकता लिएको खुलेको छ । उनीहरुले जिल्ला प्रशासन कार्यालयबाट २०७० भदौ ४ गते नेपाली नागरिकता लिएका थिए । उनले महाराजगञ्ज– १ औरहवाका गोबरे

दाङमा अदालत, जिल्ला प्रशासन लगायतका कार्यालय बन्द

दाङ । कोभिड महामारीको प्रकोप बढ्दै गएकाले दाङका तीन सरकारी कार्यालय बन्द भएका छन् । बन्द हुने कार्यालयमा दाङ देउखुरी जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय र नापी तथा मालपोत कार्यालय छन् । दाङ देउखुरी जिल्ला अदालतले यही असोज २६देखि ३० गतेसम्मको लागि अदालतबाट हुने सेवामा रोक लगाएको छ । अदालतका श्रेस्तेदार धनसिंह गिरीका अनुसार अदालतमा अब पाँच दिनसम्मका लागि साक्षी बकपत्रको सम्पूर्ण काम स्थगन गरिएको छ । अब दैनिक पाँचभन्दा