बागमती प्रदेश

धनगढीमा NIPS सुदुरपश्चिम (जीवन बिमा )संघ गठन

धनगढी , सुदुरपश्चिम काे धनगढीमा बिमा प्राधिकरणको ५५ अाै बार्षिकाे उत्सबकाे समापन समाराेहमा NIPS सुदुरपश्चिम काे गठन भएकाे छ ।नेपाल बिमा प्राधिकरण सुदुरपश्चिमका सहायक निर्देशक प्रेम हरी पाेख्रेल र दिपक ज्ञवाली काे उपस्थिति मा एसियन लाईफका लाेक राज जाेशीकाे अध्यक्षता ११ सदस्यीय कार्य समिति गठन गरिएकाे छ उपाध्यक्ष मा सूर्यज्याेती का जगदिस प्रसाद भट्ट र सन नेपाल लाईफका लक्ष्मी कान्त जैसी काेषाध्यक्षमा प्रभु लाईफ कि संगिता न्याैपाने सचिव महालक्ष्मी लाईफ

टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाए । अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५

राष्ट्रपतिमा नेम्बाङलाई मत माग्दै ओलीले लेखे माधव नेपाललाई पत्र

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पत्र लेखेका छन् । शनिबार लेखिएको पत्रमा नेम्बाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार भएको उल्लेख गरिएको छ ।राष्ट्रियसभा, प्रतिनिधिसभा, र प्रदेशसभाका माननीय सदस्यहरु मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट मा. सुवासचन्द्र नेम्बाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु’ ओलीले नेपाललाई लेखेको पत्रमा

प्राइम, युनियन र गुराँस लाइफले गरे मर्जरको अन्तिम सम्झौता, सिईयाेमा मनाेज कुमार लाल कर्ण

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर गरेका छन् । तीनवटा जीवन बीमा कम्पनीहरु एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सैद्धान्तिक सहमती भई गाभ्ने गाभिने प्रक्रियामा रहेकोमा तीनवटा कम्पनीको डीडीए सम्पनन भई तिन कम्पनीहरु बराबार हैसियतमा एक आपसमा गाभिने गरी मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको हो । १ माघ २०७९ मा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको उपस्थितिमा गाभ्ने गाभिने सम्बन्धी अन्तिम

पुस २७ गते सार्वजनिक विदा दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं ,सरकारले पुस २७ गते बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। पृथ्वी जयन्तीको अवसर पारेर सरकारले बिदा निर्णय गरेको हो।राप्रपाले सरकारलाई विश्वासको मत दिनु अगाडि पुस २७ गते बिदा दिने निर्णय गर्नुपर्ने सर्त राखेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि विश्वासको मत लिँदैछन्। राप्रपाले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउनु पर्ने माग राख्दै आएको छ। त्यस्तै मन्त्रिपरिषद्ले सरकारले जारी गरेको न्यूनतम साझा

आयल निगमले घटायो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो । अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ ।यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर (करिब प्रतिलिटर ३० रुपैयाँ) घटेको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर

दीक्षान्तद्वारा महादेवस्थान माविलाई १ लाख ३० हजार बराबरका पुस्तक तथा स्टेशनरी उपहार

काठमाडौँ– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा रहेको दीक्षान्त पुस्तक भण्डारले धादिङ धुनिवेशी-५ मा अवस्थित महादेवस्थान माध्यमिक विद्यालयलाई १ लाख ३० हजार मूल्य बराबरका पाठ्यपुस्तक तथा स्टेसनरी उपहार दिएको छ। विद्यालयको ३४ औँ वार्षिकोत्सवका अवसरमा दीक्षान्तले उक्त उपहार सामग्री हस्तान्तरण गरेको हो। उपहार विद्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रमका बीच दीक्षान्तका प्रमुख महेश शर्माले उक्त सामग्री हस्तान्तरण गरेका हुन्। उपहार सामग्रीहरूमा पाठ्यपुस्तक, विविध शैक्षिक सामग्री, खेलकूदका सामग्री लगायत रहेको दीक्षान्तकी सञ्चालक नम्रता अर्याल शर्माले जानकारी

बालकोट बैठक: प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति

काठमाडौ,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा यो सहमति जुटेको हो । ‘प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भयो, १६६ सांसदको समर्थन जुटेको छ’ बैठकमा सहभागी एक नेताले भने ।

किन उत्रे नेपाल लाइफका कर्मचारी चरणबद्ध आन्दोलनमा

काठमाडौं । नेपाल लाइफले खाइपाइ आएको तलब, सेवा सुविधाहरु कटौती गरे पछि कर्मचारीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्वतन्त्र कर्मचारी युनियनले श्रमजीवी कर्मचारीहरुको वृत्तीविकासमा नै प्रत्यक्ष असर गर्ने गरी ल्याइएको केपिआइ ‘प्रमुख प्रदर्शक सूचक’ खारेजको माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । केहि व्यक्तिहरुबाट भएको व्यक्तिवादी प्रवृत्ति अन्त्य गर्न आन्दोलन गर्नु परेको युनियनले जनाएको छ । युनियनले पुस एक गते देशभरका क्षेत्रीय, शाखा तथा उपशाखा कार्यालयका साथै