प्राधिकरणकाे परिक्षा पास गरे मात्र बिमा कम्पनीको एजेन्ट बन्न पाउने ,पहिलाे परिक्षा कार्तिकमा हुने


काठमाडौ ,नेपाल बीमा प्राधिकरणले  २०८० साल कार्तिक महिना देखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ। प्राधिकरणले आज सम्पूर्ण जीवन बीमा कम्पनीहरुलाई यसबारे प्रत्रचार गरेको हो ।

प्राधिकरणले पत्रमा  २०८० साल कार्तिक महिना देखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने हुँदा मिति २०८०/०६/२५ गते बाट IRMIS System मा अभिकर्ता दर्ता प्रक्रिया बन्द हुने उल्लेख गरेको छ । साथै बीमा अभिकर्ता परीक्षाको लागि IRMIS System मा दर्ता प्रक्रिया मिति २०८०/०६/२९ गते बाट सञ्चालन हुने प्राधिकरणले जनाएको छ।

बीमा ऐन २०७९ को दफा ९२ को उपदफा (२) मा बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नु अघि तोकिए बमोजिमको परीक्षा उत्तिर्ण गरेको हुँनु पर्नेछ भन्ने व्यवस्था रहेको छ। सोहि अनुसार बीमा अभिकर्ताको परीक्षा सञ्चालन हुन लागेको हो । परीक्षा उतिर्ण गरेपछि मात्र बीमा अभिकर्ता बन्न पाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *