सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ओलीले निलम्बन गरे


काठमाडौँ । केहीदिन अघि नेताहरू माधवकुमार नेपाल र भीम रावललाई निलम्बन गरेको नेकपा एमालेले अर्का नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि निलम्बन गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरू ६ महिना निलम्बन गरेका हुन्। उनीहरूले दिएको स्पष्टीकरणको चित्तबुझ्दो नभएको भन्दै कारबाही गरिएको पत्रमा उल्लेख छ।

गत चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेताहरु नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। उक्त निर्णयको आधारमा महासचिव ईश्वर पोखरेलले नेताहरुलाई स्पष्टीकरण पत्र पठाएका थिए।

पत्रमा भनिएको छ, ‘आपराधिक क्रियाकलापहरु स्वीकार्ने, भुल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतीका लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरिएका गलत तथा आपराधिक क्रियाकलापहरु प्रति प्रायश्चित गर्ने अवसरलाई त्यसै गम्भीरताका साथ लिनुको साटो तपाईंले उल्टै स्पष्टीकरण सोध्नेजस्तो अनधिकृत र हास्यास्पद कार्य गरेको देखियो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *