भ्रष्टाचारीको मुख नहेरी सजाय गरेको छु – प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगरेको बताएका छन्। सरकार गठनको ३ वर्ष पूरा भएको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

कार्यक्रममा बोल्दै उनले भने, ‘म आफू भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि भ्रष्टाचार गर्न दिएको छैन, यो सरकारको सफल पक्ष हो।’

यसैक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचारीको मुख नहेरी सजाय गरेको बताएका छन्। उनले भ्रष्टाचार गर्ने सबैलाई सरकारी निकायले अनुसन्धान गरी कारबाहीको दायरामा ल्याएको बताएका छन्। उनले एकै वर्षमा ४८१० करोड रुपैयाँ बराबरको रकम भ्रष्टाचारीसँग बिगो दाबी गरिएको जानकारी दिए।

यस्तै, प्रधानमन्त्री ओलीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास रहेको ललिता निवासबारे समेत बोलेका थिए। उनले ललिता निवासको १३६ रोपनी हिनामिना भएको जग्गा सरकारको नाममा ल्याउने प्रतिबद्घता समेत जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *