आइसोलेसन सेन्टर जान्छु भनि हिडेका कोरोना संक्रमित युवक ‘गलफ्रेण्ड’सँग भेटिएपछि….


एजेन्सी र आफूलाई कोरोना पोजेटिभ देखिएको भन्दै घरबाट निस्किएका एक जना प्रेमीकासँगै पक्राउ परेका छन् । कोरोना पोजेटिभ देखिएको भन्दै श्रीमतीलाई ढाटेर घरबाट निस्किेका उनी प्रेमिकासहित पक्राउ परेका हुन्।
घटना भारत ईन्दौंरको हो । भारतीय सन्चार माध्यमकाअनुसार कोभिड सेन्टरमा भर्ना हुन भनि निस्केका श्रीमान सम्पर्कविहिन भएपछि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् ।

ईन्दौंरको ताजोलमा बस्ने २८ वर्षीय ती पूरुषले फोन गरेर आफूलाई कोरोना भएको बताएका थिए । लामो समय श्रीमान सम्पर्कमा नआएपछि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् । उनलाई खोज्न प्रहरीले पहिलो चरणमा जिल्लाका सबै आइसोलेसन सेन्टरमा खोजी शूरु गरेको थियो ।

तर लामो समय खोजेपछि उनी अन्तै भेटिए । पुरानो मोबाइल नम्बर बन्द गरेको भए पनि नयाँ नम्बर लिएको खुलेपछि प्रहरीले ट्रेसिङ गरेको थियो । लोकेसनका आधारमा उनलाई प्रहरीले पक्रन सफल भयो । जब उनी फक्राउ परे तब उनको पोल खुल्यो । उनी नाम बदलेर प्रेमिकासँग एउटा घरमा बस्दै आएका रहेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *