कोरोना भाइरस

पोखरामा कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको मृत्यु

कास्की । पोखरा महानगरपालिका–११ निवासी कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको उपचारको क्रममा आज मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्की । अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत महिलाको बिहान ८ः०० बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले विज्ञप्ती जारी गरी जानकारी दिनुभयो । गत भदौ ७ गते कोरोना पुष्टि भइ ती महिला अस्पतालमा भर्ना भएकामा बुधबार राति अवस्था गम्भीर भएपछि भेन्टीलेटरमा

बारामा चार सङ्क्रमितको मृत्यु

कलैया । कोरोना सङ्क्रमणबाट बारामा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । सङ्क्रमण भइ गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिनुभयो । बिहान २ जना र राति दुई जनाले ज्यान गुमाएका हुन् । राति ज्याउ गुमाउनेमा कलैया उपमहानगरपालिका १ का ७० वर्षीय वृद्ध विश्वनाथप्रसाद जैसवाल र विश्रामपुर गाउँपालिका १ छतवाका ४२ वर्षीय अशोकप्रसाद यादव रहेको

उपत्यकामा ३०१ सहित देशभरमा थप, ८८५ नयाँ सङ्क्रमित

काठमाडौँ । काठमाडौँ उपत्यकामा ३०१ सहित देशभरमा ८८५ नयाँ सङ्क्रमित थपिएका छन् । आज थपिएका सङ्क्रमितमध्ये ५८६ पुरुष र २९९ महिला रहेका छन् । योसँगै देशभरमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ३४ हजार ४१८ पुगेको छ । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरका १८ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १३ हजार २५३ नमूना परीक्षण

खुकुलो लकडाउन र कोरोना संक्रमणबाट बच्ने उपाय: जनस्वास्थ्य विज्ञका सुझाव

केही दिन यता लकडाउन हुँदै गएको छ । कोरोना संक्रमण अनिश्चित कालसम्म रहनसक्ने तथा हाम्रा आधारभूत आवश्यकता आजको आजै अनिवार्य भएकोले लकडाउन खुकुलो गर्नुको विकल्प छैन । हामीले के बिर्सिनु हुँदैन भने संक्रमित व्यक्तिको संख्या थोरै हुँदा हामीले लकडाउन गर्यौ । संक्रमितको संख्या बढिरहेको स्थितिमा लकडाउन खुकुलो गर्दैछौं । लकडाउन खुकुलो भएसंगै हामीले कोरोना संक्रमण रोकथामको लागि थप सतर्क र सजग हुनु जरुरी छ । यहांहरुले निम्नलिखित अभ्यासलाई आफ्नो जीवनशैली

भारतमा २४ घण्टामा मात्र १० हजार संक्रमित थपिए

नयाँदिल्ली । छिमेकी भारतमा कोरोना भाइरसका कारण एकैदिनमा झण्डै दस हजार जना संक्रमित भएका छन् । भारतको सरकारी समाचार संस्था पिटीआईले जनाअनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ९ हजार ९९६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । योसँगै भारतमा कुल संक्रमितको संख्या २ लाख ८६ हजार ५७९ पुगेको भारतीय र स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ३५७ जनाको मृत्यु भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण